शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वाधार विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई पुनः आह्वान

बुधबार, २५ भदौ २०७६, १८ : २६
बुधबार, २५ भदौ २०७६

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको पूर्वाधार विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई पुनः आह्वान गरेका छन् । अर्थमन्त्री खतिवडाले नेपालमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने उल्लेख गर्दै लगानीको क्षेत्र बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।

उनले नेपालमा लगानी गरिरहेका वैदेशिक लगानीकर्ताहरुले उच्च प्रतिफल प्राप्त गरिरहेको दावी पनि गरे । नेपाल पूर्वाधार शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनले नेपालमा वैदेशिक लगानीका लागि कानुनी र संरचनागत दुवै आधार तयार भएको पनि स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले नेपाल सरकारले बाह्य लगानी भित्र्याएर मुलुकको समृद्धिका लागि पूर्वाधार विकास, जलस्रोत र पर्यटन क्षेत्रको विकासमा जोड दिएको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले नेपालको जलस्रोत, उर्जा र पूर्वाधारको क्षेत्रमा लगानी गरे जो सकैले पनि उच्च मुनाफा आर्जन गर्न सक्ने पनि बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप