उपनिर्वाचनमा काँग्रेसलाई जिताउन देउवाको आग्रह
सुनसरी-नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विकासका काममा काङ्ग्रेस सदैव अग्रसर रहेकाले आउँदो उपनिर्वाचनमा आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिकामा बिपी चिन्तन प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सभपाति देउवाले देशभरी काङ्ग्रेसले जितेका नगर र गाउँपालिकामा विकासको लहर देखिएकाले धरानमा पनि काङ्ग्रेसले जित्नुपर्नेमा जोड दिए ।
उनले राणाशासन र पञ्चायतजस्ता एकदलीय निरङकुशताका विरुद्ध विगतमा नेपाली काङग्रेसले लडेको स्मरण गराउनुहुँदै आफ्नो पार्टी सङ्घीयता र लोकतन्त्रका पक्षमा सदैव लागिरहने र कसैसँग सम्झौता समेत नगर्ने धारणा व्यक्त गरे ।
सभापति देउवाले जनताको बोल्न र लेख्न पाउने अधिकारलाई कहि कतैबाट कुण्ठित गर्न नहुने चर्चा गर्दै काङग्रेस सदैव स्वतन्त्रता र जनताको अधिकारका पक्षमा रहनेसमेत स्पष्ट गरे ।
पार्टीका उपसभपाति विजयकुमार गच्छादारले पार्टीभित्र एकता कायम गरी आउँदो निर्वाचनमा काङ्ग्रेसका पक्षमा जनमत सिर्जना गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर