शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुलसम्म पुग्न अर्को पुल

बिहीबार, २६ भदौ २०७६, ०७ : ३८
बिहीबार, २६ भदौ २०७६

राप्ती नदीमा पुल छ तर मानिस त्यसको प्रयोग गर्दैन । बगरै बगर हिँडेर मूल बाटो पुग्न उनीहरुलाई सहज लाग्छ । बगरको बीचमा टापुजस्तै टुक्रुक्क रहेको पुलबाट न सडसम्म पुगिन्छ न त्यहाँसम्म आउजाउ गर्न नै सजिलो छ । 

अपायक हुनाले बाँकेस्थित राप्तीसोनारी गाउँपालिका–६ मा रहेको ५० मिटर लामो त्यो पुल प्रयोगमा नआएको हो । पुल प्रयोग गर्न त्यहाँसम्म पुग्न अर्को पुल चाहिने स्थानीय बताउँछन् । ०७१ असार २५ गते सुरु भइ २०७६ जेठ ३० गते सम्पन्न भएको भनिएको उक्त पुलको लागत ४ करोड १२ लाख रुपैयाँ छ । पुल निर्माण कार्य ७३ प्रतिशत मात्रै  सकिएको छ ।

खोलाको बहाव परिवर्तन भएपछि पुल प्रयोगविहीन बनेको हो । यो समाचार कान्तिपुर दैनिकमा मधु शाहीले लेखेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप