बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नवलपरासीको दाउन्नेमा यात्रुबाहक बसमा आगजनी

बिहीबार, २६ भदौ २०७६, ११ : ०२
बिहीबार, २६ भदौ २०७६

बुटवल– पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबसमा आगजनी भएको छ । 

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडानम्बर ४ खुुर्सानी खोलामा आगजनी भएको हो ।

प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी रामप्रकाश शाहका अनुसार गाडीलाई साइड लगाएर आगजनी गरेको भेटिएको हो । डिएसपी शाहले घट्नावारे अनुसन्धान सुरु भएको रातोपाटीलाई बताए । उनले घटनामा संलग्नहरुको खोजीकार्य भइरहेको पनि जनाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप