शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवामा अवैध कपडासहित कार बरामद

बिहीबार, २६ भदौ २०७६, ११ : ०६
बिहीबार, २६ भदौ २०७६

वुटवल– सशस्त्र प्रहरीले रुपन्देहीको भैरहवामा भारतबाट नेपाल ल्याउदै गरेको अवैध कपडासहित एउटा कार बरामद गरेको छ । 

सिद्धार्थनगर नगरपालिका वडानम्बर १ डण्डा पुल नजिकै भारतबाट तस्करी गरी नेपाल ल्याउँदै गरेको १ लाख ५२ हजार रुपैयाँ बराबरको लेडिज टप्स बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ३८ गुल्म  हेड क्वाटर (राजस्व भन्सार सुरक्षा) प्रमुख डीएसपी गोविन्द बहादुर खातीले जानकारी दिए ।

डीएसपी खाती नेतृत्वको भन्सार सुरक्षा गस्तीले चेकजाँचको क्रममा बा ७ च ५९५४ नम्बरको मारुती सुजुकी कारमा लुकाएर ल्याउँदै गरेको अबस्थामा १ हजार १६ पिस टप्स बरामद गरेको हो । 

यस्तै, उक्त सामान ल्याउन प्रयोग गरिएको कार पनि सशस्त्रले नियन्त्रणमा लिएको छ । कपडा र कार भैरहवा भन्सार कार्यालय चलान गरिएको सशस्त्रले जनाएको छ । कारको मूल्यांकन १२ लाख राखिएको डीएसपी खातीले जनाए ।

भारतीय बजार सुनौलीबाट बुटवल लग्दै गरेको उक्त कपडा कारको सिटमुनी र ढिक्कीमा लुकाएर ल्याइएको थियो । 

सशस्त्रले सवारी चालकलाई समेत नियन्त्रणमा लिई भन्सार कार्यालय चलान गरिएको जनाइएको छ । तस्करले प्रहरीलाई छलेर अवैध सामान नेपाल भित्र्याउँदै आएका छन् । चाडपर्व नजिकिँदै जाँदा अबैध रुपमा चोरीनिकासी गर्ने क्रम समेत बढ्न थालेको छ । चोरीनिकासी बढ्न थालेपछि सुरक्षा निकायले पनि सक्रियता बढाउन थालेका छन् ।

सशस्त्रले यसअघि मोटर पार्टस्सहित गाडी भन्सार चलान गरेको थियो । यस्तै, दिल्ली–बुटवल र दिल्ली–काठमाडौं चल्ने बसबाट पनि लाखौं रुपैयाँ बराबरको कपडा बरामद गरेको थियो । डीएसपी खातीले राजश्व चुहावट र चोरीतस्करी नियन्त्रण गर्न सशस्त्रले विशेष योजना बनाएर अघि बढेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप