बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलारुसले छोटो समयमा गरेको आर्थिक प्रगति अनुकरणीयः परराष्ट्र ज्ञवाली

बिहीबार, २६ भदौ २०७६, १४ : ५२
बिहीबार, २६ भदौ २०७६

काठमाडौं–परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूपरिवेष्ठित देश बेलारुसले छोटो समयमा गरेको आर्थिक प्रगति नेपालका लागि अनुकरणीय भएको बताएका छन्।

 नेपाल र बेलारुसबीच दौत्य सम्बन्ध स्थापनाको २५ वर्ष तथा नवनियुक्त बेलारुसी राजदूत एन्द्रेई रेयुस्कीको स्वागतमा बुधबार नेपालका लागि बेलारुसका वाणिज्यदूत अजेयराज सुमार्गीद्वारा योजित कार्यक्रममा ज्ञवालीले यस्तो बताएका हुन् । 

 ‘नेपाल बेलारुससँग सिक्न चाहन्छ,’ उनले भने, ‘म राजदूत रेयुस्कीमार्फत बेलारुसी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न अनुरोध गर्दछु।’

नेपाल लगानीका लागि उपयुक्त गन्तब्य भएको उल्लेख गर्दै ज्ञवालीले भने, ‘तपाईंहरूले माइनिङ र कृषिका क्षेत्रमा हासिल गर्नुभएको उपलब्धि नेपालमा पनि लागू गर्न सकिन्छ।’ 

उनले विनाशकारी भूकम्पको समयमा बेलारुसले गरेको सहयोगका लागि कृतज्ञता पनि ज्ञापन गरे। 

बुधबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका बेलारुसी राजदूत रेयुस्कीले नेपाल बेलारुसको  प्राथमिकताको क्षेत्रमा पर्ने बताए। उनले पारस्परिक हितका विषयमा साझेदारी गर्न आफू पनि उत्तिकै इच्छुक रहेको बताए। 

कार्यक्रममा व्यवसायी तथा वाणिज्यदूत सुमार्गीले दक्ष जनशक्ति उत्पादनमा बेलारुसी सहयोगको अपेक्षा गरिएको बताए।

राजधानीमा आयोजित कार्यक्रममा उच्च सरकारी पदाधिकारी, सांसद, कूटनीतिज्ञलगायतकाको समेत सहभागिता रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप