बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पर्व मनाउने विषयमा रौतहटमा भएको तनाव साम्य भएन, प्रहरीद्वारा फेरि हवाइ फायर

बिहीबार, २६ भदौ २०७६, १५ : ०७
बिहीबार, २६ भदौ २०७६

रौतहट–रौतहटको राजपुर नगरपालिका ८ कुडिआमा फेरि झडप भएको छ।  झडपका क्रममा प्रहरीले २१ राउण्ड अश्रुग्यास र ८ राउण्ड हवाइ फायर गरेको छ । 

मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाहरूले हिन्दुहरुले मनाउने पर्व छठ घाटमा झण्डा गाडेपछि सुरु भएको विवाद अझै साम्य हुन नसकेको हो । 

बिहीबार बिहान झण्डा हटाउने विषयमा सर्वपक्षीय सहमति जुटेपछि प्रहरीले झण्डा हटाएकोमा केही मुस्मिल युवाको समूहले फेरि झण्डा गाड्न थालेपछि तनाव सिर्जना भएको र स्थितिलाई नियन्त्रणमा लिँदा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए । सो क्रममा केही व्यक्तिहरु घाइते भएको बताइएको छ । 

यही विवादमा बुधबार साँझ पनि झपड हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास सहित २९ राउन्ड हवाई फायर गरेको थियो । 

प्रत्येक वर्ष सो ठाउँमा मुस्लिमहरुको पर्व मुहरर्म र हिन्दुहरुको पर्व झण्डी मनाउने क्रममा झडप हुँदै आएको छ । 
हाल सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । राजपुर नगरपालिका भारतीय सिमानासँग जोडिएकोले पनि त्यहाँको अवस्था बढी तनावग्रस्त हुने गर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप