शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन्नी लियोनी नेपालमा

बिहीबार, २६ भदौ २०७६, १६ : ४८
बिहीबार, २६ भदौ २०७६

काठमाडौं – बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन् । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी बिहिबार नेपाल आएकी हुन् ।

‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी नेपाल आइसकेको जानकारी दिए । निर्देशक बस्नेतका अनुसार कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आज साँझ ७ :३० बजे आयोजना हुने फिल्म ‘पासवर्ड’को प्रिमियरका लागि सन्नी अपरान्ह सबा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । 

प्रिमियर अगाडि कुमारी हलमा सन्नीले मिडिया साक्षात्कार गरेपछि फिल्म हेर्ने कार्यक्रम रहेको निर्देशक बस्नेतको भनाइ छ ।

शनिबार भारत फर्किने तालिकासहित नेपाल आएकी सन्नीले शुक्रबार नेपालका केही ठाउँका भ्रमण समेत गर्ने बताइएको छ ।

फिल्म ‘पासवर्ड’को सन्नीले एक आइटम नृत्य गरेकी छन् । सन्नी नेपाल आउन लागेको यो पहिला पटक भने होइन । केही पहिले पनि उनी एक व्यापारिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी थिइन् । 
पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको बताइएको छ । 

‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ । 
अंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिरालाल जोशी छन् । फिल्म शुक्रबारदेखि देशभर रिलिज हुँदैछ । 

यता सन्नी नेपाल आउँदा सुरक्षा निकाय भने बेखबर छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षत्रीले सन्नी नेपाल आउनेबारे आफूहरुलाई जनकारी नरहेको बताए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप