शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानाध्यापक ठाकुर नगरपलिकामा बस्न थालेपछि विद्यालयको बेहाल

बिहीबार, २६ भदौ २०७६, १६ : ५३
बिहीबार, २६ भदौ २०७६

रौतहट– रौतहटको कटहरिया नगरपालिकाको शिक्षा प्रमुख सुरेन्द्र ठाकुर नगरपालिकामा बस्न थालेपछि विद्यालयको बेहाल भएको छ ।
अन्य विद्यालयको अवस्था सुधार तथा व्यवस्थापनको जिम्मा लिएर शिक्षक सुरेन्द्र ठाकुर नगरपालिकामा बस्न सुरु गरेदेखि उनी कार्यरत बालनिकेतन प्राथमिक विद्यालयको अवस्था बेहाल भएको हो । नगरपालिकामा नियुक्ति अघि ठाकुर बालनिकेतनका प्रधानाध्यापक हुन् ।
विद्यालयमा राम्ररी पढाइ नहुने, खाने पानी र शैचालय नहुँदा विद्यार्थीले चरम समस्या भोग्नु परेको छ । विद्यार्थी पनि खान नजिकैको घरमा, पिसाब लाग्दा खेतमा र दिसा लाग्दा खोला किनारमा जानुपर्ने बालनिकेतनमा बाध्यता छ ।
ठाकुर नगरक्षेत्रका शिक्षकहरुको हाकिम बनेर दिनभरी नगरपालिकामा बस्ने गर्दछन् । 
प्रधानाध्यापक ठाकुरले विद्यालयप्रति चासो नदेखाउदा अहिले पढाइ हुने समेत छोडेको स्थानिय जिमदार राउतले बताए । उनका अनुसार विद्यार्थी दिनभरी विद्यालयमा बसेर समय कटाउने काम मात्र गरीरहेको  छन् । विद्यालयमा नियमित शिक्षक उपस्थित नहुदैनन् ।
विद्यालयको धाराको टयुबेल बिग्रिनुका साथै शौचालय अगाडी तीन– तीन फिटको घाँस जमेको छ । 
मंगलवार रातोपाटीलगायतका सञ्चारकर्मीको टीम स्थलगत अनुगमनमा जाँदा ५ जना दरबन्दी रहेको बालनिकेतनमा दुईजना राहत शिक्षक मात्र उपस्थित थिए । कक्षा १ देखी ५ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा जम्मा दुुई सय १० विद्यार्थी छन् भने ५ जना शिक्षक कार्यरत छन् ।
मंगलवार दिउँसो २५–३० जना विधार्थी मात्र उपस्थित थिए । प्रधानाध्यापक ठाकुर, राहत शिक्षिका मिरा यादव बिना सुचना अनुपस्थित रहेको सो विद्यालयकी शिक्षिका अन्जु सोनीले बताइन्  ।
 
उनका अनुसार बाल विकासकी शिक्षा मिंकुदेवी पटेल सुत्केरी बिदामा रहेकी थिइन् । प्रधानाध्यापक ठाकुर शिक्षा प्रमुख भएर नगरपालिकामा बस्न थालेपछि विद्यालयको शैक्षिक, भौतिक र आर्थिक अवस्था कमजोर भएको एक अभिभावकले बताए ।
त्यति मात्र नभइ विद्यालयको कम्पाउण्ड वालका निर्माणका लागि आएको ६ लाख रुपैया प्रधानाध्यापक ठाकुरले एक वर्षदेखि खातामा राखेका छन् ।
विद्यार्थीको खाजाको लागि आएको दुई लाख १० हजार रुपैया पनि अहिले वितरण हुन सकेको छैन । यता प्रधानाध्यापक ठाकुरले विद्यालयको शैक्षिक तथा भौतिक अवस्था चाँडै सुधार गर्ने बताए । खाजा भता यसै साता विद्यार्थीलाई वितरण गर्ने र अगामी कार्तिकदेखि कम्पाउण्ड वाल निर्माण गरिने प्रतिवद्धता जनाए । 
कटहरिया नगरपालिकाद्धारा समय–समयमा अनुगमन नहुँदा सो नगरभित्र दर्जनबढी अन्य विद्यालय शिक्षकका कमाई खाने भाँडो र विद्यार्थीका लागी १०देखि ४ बजेसम्म थुनेर राख्ने खोर जस्तो भएको देखिन्छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप