शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डेङ्गु नियन्त्रण नभएको भन्दै सरकार विरुद्ध खनिए सत्तापक्षकै सांसद

बिहीबार, २६ भदौ २०७६, १७ : ००
बिहीबार, २६ भदौ २०७६

काठमाडौं–प्रतिनिधि सभाको बैठकमा सत्तापक्षकै सांसदहरुले डेङ्गु नियन्त्रण गर्न नसेकेको भन्दै सरकारको आलोचना गरेका छन् । बिहिबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसदहरुले स्वास्थ्यमन्त्रीलाई सभामुखले रुलिङ गरे तत्काल संसदमा बोलाएर डेङगु रोगको अवस्थाबारे जानकारी गराउन माग गरे । 

नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले सरकार र स्वास्थ्यमन्त्री गम्भीर नभएको भन्दै आक्रोश पोखे । बैठकमा उनले भने, ‘डेङ्गु डेङ्गु भन्दैमा थाकिसकियो । डेङ्गुको सरोकारमा सरकार बोल्दैन । अमेरिकाको सरकारले बोलिदियो । नेपालमा डेङगु आतंक छ नजानु, भएका अमेरिकी नागरिक नेपालमा सचेत रहनु । यो भन्दा लाजमर्दो के हुन्छ सभामुख महोदय ?’

उनले सरकारको मन्त्री डेङ्गु पीडित, आँखाको डाक्टर डेङगु पीडित भएको बताउँदै  अब कति सांसदलाई डेङ्गु भएपछि सरकारको ध्यान जान्छ भन्दै सभामुखलाई प्रश्न गरे । 

उनले तत्काल सभामुखले रुलिङ गरेर स्वास्थ्यमन्त्रीलाई संसदमा बोलाएर सरकारको आधिकारिक धारणा प्रस्तुत गर्न लगाउन आग्रह गरे । 

उनले डेङ्गु के हो ? उपचार कसरी गर्ने ? बाँच्ने उपाय के हो ? मरेकालाई के गर्ने ? सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुप¥यो भन्दै नत्र आफूले विरोध गरिरहने बताए । सांसद श्रेष्ठले तत्काल रुलिङ गरेर स्वास्थ्यमन्त्रीलाई संसदमा बोलाउन आग्रह गरे । 

यस्तै नेकपाकै सांसद खगराज अधिकारीले पनि डेङगु रोग हो कि महामारी हो त्यसमा स्पष्ट पार्न माग गरे । उनले महामारी हो भने सम्र्पूण जनप्रतिनिधीहरु, राजनीतिक दलका सदस्यहरु सम्पूर्ण शक्तिका साथ यसको विरुद्ध जनचेतना जगाउन जाने बताए । उनले डेङ्गु बिरुद्ध स्वास्थ्य संकटकाल घोषणा गरेर जाने बताए । उनले भने–‘यो रोग प्रकोप हो भने इपिडिमियोलोजी महाशाखा के सुतेर बसेको हो ? स्वास्थ्य मन्त्रालय सुतेर बसेको हो ? जनतामा यो भय र आतंक तुरुन्त रोक्ने काम गर्नुप-यो ।   

यस्तै सांसद उमा रेग्मीले डेङगुको प्रकोप देशभरी फैलिएको बताउदै देशभरी नागरिकको ज्यान गइसक्दा, महामारीको रुप लिइरहँदा पनि यो समस्या समाधानका लागि सरकारले ठोस पहल नगरेको बताईन् । बर्षैपिच्छे डेङ्गुको महामारीबाट मान्छेको ज्यान जाने र महामारीको रुपमा फैलिने गर्दा पनि डेङ्गु विरुद्धको खोपको व्यवस्था नगरेको ? सरकारलाई जनताको स्वास्थ्यप्रति कुनै पनि वास्त, चासो र संवेदनशीलता नभएको उल्लेख गरिन् । 

यता नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले स्वास्थ्यमन्त्रीको राजिनामा समेत मागेका छन् । उनले स्वास्थ्यमन्त्री, प्रधानमन्त्रीले समेत गम्भीर नभएको भन्दा डेङ्गु नियन्त्रण गर्न संकटकाल घोषणा गरेर जानुपर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप