शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जीवन बिमा गर्नेलाई खुसीको खबर, बोनस दर बढ्ने

बिहीबार, २६ भदौ २०७६, १७ : २१
बिहीबार, २६ भदौ २०७६

जीवन बिमा गर्नेलाई खुसीको खबर छ । अबदेखि जीवन बिमा गर्ने बिमितको बोनसदर बढ्ने भएको छ । बिमा समितिले बिमकको बिमाङ्कीय निर्देशिका जारी गर्दै जीवन बिमा गर्नेहरुको बोनसदर बढ्ने व्यवस्था गरेको हो ।
 निर्देशिकामा भएको व्यवस्था अनुसार बिमाङ्कीय मूल्यांकन प्रतिवेदन अनुसार जजीवन बिमा व्यवसायमा भएको बचत  (कर्मचारीलाई बोनस छुट्याउनु अगाडि) को घटीमा नब्बे प्रतिशत रकम बिमालेख लिनेको कोषमा सार्नुपर्नेछ । 
समितिमा पेश हुन आएको बिमाङ्कीय प्रतिवेदनको आधारमा आवश्यक परेमा समितिले सेयरधनी कोषबाट बिमा लेख लिनेको कोषमा रकम सार्न तथा अन्य आवश्यक निर्देशन दिन सक्नेछ । 

यस्तै समितिबाट स्वीकृत बिमाङ्कीय मूल्यांकन प्रतिवेदन अनुसार बिमितलाई प्रदान गरिने मुनाफा दर मुनाफा अवधिको शुरु मिति देखि नै लागू गर्नु पर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप