शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरहाबाट तीन दिनमा २ कर्मचारी अख्तियारको नियन्त्रणमा

बिहीबार, २६ भदौ २०७६, १७ : २०
बिहीबार, २६ भदौ २०७६

सिरहा– सिरहामा तीन दिनको अवधिमा अख्तियारले दुई जनालाई घुससहित पक्राउ गरेको छ । जिल्ला अदालत सिरहाका सवारी चालकलाई घुस रकमसहित बिहिवार अपरान्ह अख्तियारले पक्राउ गरेको छ । मंगलबार पनि विद्युत प्राधिकरण सिरहाका एक कर्मचारी छेदिलाल साहलाई ८० हजार घुससहित पक्राउ गरेको थियो । 

जिल्ला अदालत सिरहाका न्यायाधीशको सवारी चालक बृजमोहन यादवलाई सिरहाकै खड्का होटलबाट एक लाख १० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिबास महोत्तरी कार्यालयले पक्राउ गरेको हो । 

सेवाग्राहीसँग न्यायाधीश मिलाएर मुद्दा जिताउने शर्तमा उनले घुस रकम लिएको अख्तियारले जनाएको छ । यादव सिरहा जिल्ला अदालतका ३ नम्वर न्यायधीशका सवारी चालक रहेको बुझिएको छ । पक्राउ परेका यादवलाई थप अनुसन्धानको लागि अख्तियार कार्यालय बर्दिवास लगिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप