नेपाल बङ्गलादेश बैंकको ९५ औं शाखा खोकनामा
काठमाडौं– नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो शाखा बिस्तारको क्रममा ९५ औं शाखा ललितपूर जिल्लाको खोकनामा सञ्चालनमा ल्याएको छ । भाद्र २६ गते ललितपूरको खोकनामा शाखा उद्घाटन गरी बैंकले औपचारिक कारोबार शुभारम्भ गरेको छ । उक्त शाखाको औपचारिक समुद्घाटन पम्फा भुसालले गरेकी हुन् । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिएका थिए ।
बैँकले यस आसपासका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
खोकना शाखा बिस्तारसँगै बैंकले ९५ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७९ वटा (ATM) बाट बैंकिङ्ग सेवा दिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन