बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साढे तीन वर्षमा १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्ने सरकारको योजना

बिहीबार, २६ भदौ २०७६, १८ : ३६
बिहीबार, २६ भदौ २०७६

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले साढे तीन बर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्ने दावी गरेका छन् । नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलनमा मन्त्री महासेठले सरकारले साढे तीन बर्षभित्र छ लेन, चार लेन र दुई लेन गरि १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्न लागेको बताएका छन् ।

मन्त्री महासेठले स्थानीय तहदेखि केन्द्रीय तहका सडक आयोजना निर्माण, मर्मतसम्भार लगायतका सडक पूर्वाधारमा सबै तहका सरकारहरुले समन्वयात्मक ढंगले काम गरिरहेको बताएका छन् । सरकारले पाँच बर्षभित्र यस्ता राजमार्ग निमार्ण गर्ने लक्ष्य लिए पनि साढे तीन बर्षभित्रै सम्पन्न हुने उनको दावी छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले आर्थिक बर्ष २०७३/७४ को मसान्त्त पछि ठेक्का सम्झौता भएका सबै आयोजनाहरु तोकिएकै समयमा सम्पन्न हुने दावी समेत गरेका छन् । उनले २५ बर्ष पहिले ठेक्का सम्झौता भएका आयोजनाहरु अहिलेसम्म पनि अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै अबदेखि त्यस्ता आयोजनाहरु तोकिएकै समयमा सम्पन्न नभए कारबाही गरिने समेत बताए । मन्त्री महासेठले सरकारले विदेशी लगानी आकर्षण गर्न आवश्यक सबै कानून निर्माण गरि सकेको पनि बताए ।

कार्यक्रममा मन्त्री महासेठले सरकारको महाअभियानमा सबैले साथ दिन आग्रह पनि गरे । नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलन आज सकिँदै छ । सम्मेलनको पहिलो दिन ७ प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश भित्रका विकास पूर्वाधार सम्बन्धी विभिन्न आयोजना बारे लगानीकर्ता, व्यावसायीहरुलाई जानकारी गराएका थिए । नेपाल सरकारले लगानी सम्मेलनमा सोकेस गरेका धेरै आयोजनाबारे यस सम्मेलनमा पनि छलफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप