शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल फेरि उपविजेता

बिहीबार, २६ भदौ २०७६, १९ : २६
बिहीबार, २६ भदौ २०७६

काठमाडौं– नेपाली राष्ट्रिय महिला टोलीको उपविजेता बन्ने क्रम यसपटक पनि रोकिएन । किर्गिस्थानमा बिहिबार सम्पन्न नादेझ्दा कप महिला फुटबल प्रतियोगितामा पनि उपविजेतामै सिमित बनेको छ । फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भयो । अन्तिम समयतिर खेलमा फर्किएको नेपालले दुई गोल गरेपनि हार टार्न सकेन । नेपाल लिग चरणको खेलमा पनि उज्वेकिस्तानसँग २–० गोलले पराजित भएको थियो । नेपालले लिग चरणमा आयोजक किर्गिस्तानलाई ८–२ र ताजकिस्तानलाई १–० गोलले पराजित गरेको थियो । उज्वेकिस्तानले ३९ औं मिनेटमा पहिलो गोल गरेको थियो । 

नेपालकी रक्षक पुनम जर्घामगर क्लियर गर्न नसकेको बलमा उज्वेकिस्तानले गोल गरेको थियो । उज्वेकिस्तानले ५४औं र ६४ औं मिनेटमा लगातार गोल गरेको थियो । नेपालले ६७ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो । सावित्रा भण्डारीले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरेकी थिइन् । सावित्राले दोस्रो हाफमा इन्जुरी समयमा पेनाल्टी मार्फत दोस्रो गोल गरेकी थिईन् । 
ि
डबक्स भित्र अनिता बस्नेतको प्रहारमा उज्वेकिस्तानकी रक्षकको ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सावित्राले सही सदुपयोग गरिन् । इन्जुरी समयमा पुगेर दोस्रो गोल फर्काए पनि नेपालले हार टार्न सकेन । 
प्रतियोगितामा सात गोल गरेकी सावित्राले सर्वाधिक गोल कर्ताको उपाधि जितिन् । नेपालमा लागि ३७ अन्तर्राष्ट्रिय खेल खेल्दै ३५ गोल गरेकी सावित्राले अनु लामाको किर्तिमानसँग बराबरी गरेकी छन् ।  नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नादेझ्दा कप खेलेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप