शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी नेताहरुको विश्लेषण : सरकारको कार्यशैली र व्यवहारबाट जनता उकुशमुकुशमा

बिहीबार, २६ भदौ २०७६, २० : २२
बिहीबार, २६ भदौ २०७६

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले समाजवादका नाममा पुँजीवाद र सामान्तवादको व्यवहार गर्दा नेतृत्वमा पु¥याएका जनताहरुले खेदाउने दिन आउने बताएका छन् ।
शहिद कुशुम स्मृती प्रतिष्ठानद्वारा काठमाडौँमा आयोजित ‘नेपालको सन्दर्भमा समाजवाद’ विषयक विमर्श कार्यक्रममा नेता भुसालले सरकार र राजनीतिक दलहरुको कार्यशैली र व्यवहारका कारण जनतामा उकुशमुकुशको अवस्था सृजना भएका बताए । 

यस विषयमा राजतीतिक दलहरु र सरकारले छलफल गर्नुको विकल्प नभएको उनको भनाइ थियो । सामाजवादका नाममा पुँजीपति दलहरुले न्यायलयलाई दवावमा पर्ने स्थिति आएको उनले बताए । 
समाजवादको नाममा पुजीँपति दलालले आफ्नो इच्छाअनुसार प्रहरी प्रशासन र न्यायलय जस्ता अन्य महत्वपुर्ण स्थानमा कब्जा जमाउन सक्ने उनले बताए । 

समाजवादका नाममा दलपुर्जीवादी शैलीमा परिर्वतन ल्याउन नसके राष्ट्र उल्टो बाटोतिर जाने सङकेत देखिएको नेता भुसालको तर्क थियो ।  उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रदीप गिरीले समाजवादलाई कायम राख्नका लागि प्रत्येक राजनीतिक दलहरुले सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाउन पर्ने समय आएको बताए ।

नेताहरुले भाषणमा समाजवादका कुरा गर्ने, व्यवाहार चाही पुजीँपतिको गर्ने,’ उनले भने,‘पुँजीपति दलाल नेताहरु समाजवादमा आधारित भएर व्यवाहार र कार्यशैलीलाई समयमै परिर्वतन गरिएन भने देशमा नयाँ हिटलर जन्मन सक्छ ।’

नेकपा स्थानेकपा केन्द्रीय सदस्य राम कार्कीले नेपालमा समाजवादको नाम सामन्तवादी तथा पुजीँवादी दलालको दबदबा बढ्न थालेको बताएका छन् । समाजवादको नाममा परम्परागत्त रुपमा चल्दै आएको सामाजिक सास्कृतिक चाल चलनहरु हराउदैँ गएको बताए । उच्च नेतृत्वले समाजवादका नाममा पुजीवादी दलाली शैली अपनाएको उनले भनाइ थियो । 

समाजवादको कार्यशैली नेतृत्व तहले नमानेको खण्डमा देशमा ठुलो दुर्घटना निम्तन सक्ने उनले बताए । ‘इतिहासले शासन गर्न थाल्यो,राजनीतिक गर्ने व्यक्तिले भित्री रुपमा पुजीँवाद बन्ने अनि बाहिर समाजवादको नारा लगाउँदा समस्या आयो,’ उनले भने ।

विगत २०÷२१ सालदेखि विद्यार्थी, किसान र मजदुरहरुले आफ्नो हितका लागि आन्दोलन नगरेको उनले बताए । ‘विद्यार्थी किसान र मजदुर, महिलाले पार्टीका नाममा आन्दोलन गर्छन, सबै पार्टीले किसान विद्यार्थी र मजदुरको नाम अबदेखि संगठन बनाउन बन्द गर्नुपर्छ,’ उनले भने, ‘सबैलाई स्वयत्तता दिनुपर्छ ।’ नेपालमा पुजीँवादी कम्युनिस्टहरुले आगामी दिनमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा व्यापारीकरण गर्न छाड्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप