शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनओसी निर्वाचन शनिबार, नेकपाकै नेता प्रतिस्पर्धामा

बिहीबार, २६ भदौ २०७६, २० : ४५
बिहीबार, २६ भदौ २०७६

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन शनिबार हुने भएको छ । यसअघि कमलबहादुर चित्रकारले एनओसीको निर्वाचन रोक्नमा माग गर्दै १७ भदौमा आइतबार रिट दायर गरेपछि भदौ २० गतेका लागि तय भएको निर्वाचन स्थगित भएको थियो । 

२२ भदौ आफ्नै अन्तरिम आदेशलाई सर्वोच्च अदालतले खारेज गरेपछि एनओसीको नयाँ कार्यसमितिको चयनका लागि बाटो खुलेको थियो ।  आइतबार न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले दुवै पक्षको बहस सुनेपछि चुनाव अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने निर्यण गरेका थिए ।

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को अनुमतिमा एनओसीको निर्वाचन बिहिबार गरिन लागिएको एनओसीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

एनओसीको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्ष पदका उम्मेदवार दुवै नेकपाका नेता हुन् । 

जीवनराम प्रतिनिधिसभाका सांसद र नेकपाका काठमाडौं उपत्यका इन्चार्ज पनि हुन् । उमेशलाल कम्युनिस्ट नेता पुष्पलाल र सहाना प्रधानका छोरा हुन् ।

उमेशलाल एनओसीको अघिल्लो निर्वाचनमा जीवनरामसँगै पराजित भएका थिए । जीवनराम स्की संघ र उमेशलाल हक्की संघका अध्यक्ष हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप