शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआइसी एशिया बैंककोे नयाँ शाखा बैतडीको पाटनमा

बिहीबार, २६ भदौ २०७६, २१ : ५७
बिहीबार, २६ भदौ २०७६

काठमाडौं – एनआइसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडी जिल्ला, पाटन नगरपालिका ६ स्थित पाटन शाखा विहीबार गतेदेखि सञ्चालनमा आएको हो । 

पाटन शाखाकोे समुद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गरेका थिए । पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

एनआइसी एशिया बैंकले  मुलुकभर २९८ शाखा कार्यालय, ३ सय ५५ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

उक्त बैकले वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा र कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप