बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शाहरुखको फिल्म ‘बाजिगर’ को विषयमा गौरी खानको खुलासाः भनिन्, ‘विश्वास नै हुँदैन कि...’

शुक्रबार, २७ भदौ २०७६, ०८ : ५९
शुक्रबार, २७ भदौ २०७६

सेलिब्रिटी इन्टेरियर डिजाइनर गौरी खानले बिहिबार आफ्ना श्रीमान् शाहरुख खान र काजोलको गीत ‘ए काली काली आँखे’ गीतको एउटा तस्बिर सेयर गरेकी छिन् । यो तस्बिरमार्फत् गौरीले यो गीतका लागि उनले शाहरुख खानको लुकको डिजाइन गरेको खुलासा गरिन् ।

गौरी खानले ट्वीट गरेकी छिन्, ‘म यो विश्वास गर्न सक्दिनँ कि ९० को दशकमा मैले शाहरुख खानको यो लुक डिजाइन गरेको थिएँ । त्यो जिन्स, लेगवार्मर टी, बुलेट बेल्ट र त्यसमाथि रातो सर्ट । हातले पेन्ट गरेको जिन्स मलाई एकदमै मनपर्छ । गौरी खानको डिजाइनले लामो यात्रा तय गरेको छ ।’

यो तस्बिरमा शाहरुख खानले रातो सर्ट र पेन्ट गरिएको जिन्स लगाएका छन् । यस्तै काजोलले रानी कलरको पहिरन लगाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप