बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेस्सरी हाँस्दा महिलाको बंगारा फुस्कियो, खुल्ला रहिरह्यो मुख

शुक्रबार, २७ भदौ २०७६, १० : ०८
शुक्रबार, २७ भदौ २०७६

स्वास्थ्यका लागि हाँस्नु निकै आवश्यक छ तर एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । एक महिला बेस्सरी हाँस्दा उनको बंगारा फुस्किएको छ जसका कारण उनले मुख बन्द गर्न सकिनन् । अन्त्यमा उनले डाक्टरको सहयोगमा  समस्या सुल्झाएकी छिन् ।

घटना चीनको हो । स्थानीय ग्वान्चा न्यूजका अनुसार गत आइतबार गुआंगडोंग प्रान्तको गुआंगझु दक्षिण रेलवे स्टेशन नजिकै एउटा रेलमा यात्रा गरिरहेकी महिला यति बेस्सरी हाँसिन् कि उनको बंगारा डिस्लोकेट भयो । त्यसपछि उनलाई असाध्यै पीडा भयो ।

 Credit: Asia Wire

तर महिलाको भाग्य, त्यहाँ डाक्टर पनि उपस्थित थिए ।

ल्याडबाइबलको रिपोर्ट अनुसार लिवान हस्पिटलका डाक्टर लुओ वेन्सेङ्ग रेलवे चिकित्सा इमर्जेन्सीको अपिलपश्चात् उनी महिला भएठाउँ पुगेका थिए ।

‘म दौडिएर महिला भएठाउँ पुगेँ, उनी बोल्न सकिरहेकी थिइनन् र मुख बन्द पनि गर्न सकिरहेकी थिइनन्,’ डा. वेन्सेङ्गले भने ।

 Credit: Asia Wire

‘उनी र्‍याल काढिरहेकी थिइन् त्यसकारण उनलाई स्ट्रोक भएको ठानेँ ।’

‘तर मैले उनको रक्तचाप लिए र उनलाई केही प्रश्न गरेँ त्यसपछि मात्रै उनको बंगारा डिस्लोकेट भएको थाहा पाएँ,’ उनको भनाई उद्धृत गर्दै ल्याडबाइबलले भन्यो ।

नाम नखुलाइएकी ती यात्रीले उनको यसअघि पनि गर्भावस्थामा बान्ता गर्दा बंगारा डिस्लोकेट भएको  जानकारी दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप