शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोल्पामा पहिरोले घर पुर्दा २ को मृत्यु, ४ जना वेपत्ता

शुक्रबार, २७ भदौ २०७६, ११ : ५९
शुक्रबार, २७ भदौ २०७६

रोल्पा– रोल्पाको थबाङमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ भने चार जना वेपत्ता भएका छन् । वेपत्ता भएकाहरुमध्ये २ जनाको शव शुक्रबार बिहान फेला परेको हो ।

प्रहरीका अनुसार २८ वर्षीय शीरकुमारी बुढा र उनका ४ वर्षे छोरा असलको शव फेला परेको हो ।

पुरिएर बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उनकी पत्नी ४० वर्षीय मुलज्योती बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षीय छोरी रहेका छन् ।

थबाङ गाउँपालिका वडा नम्बर २ छेर्लबाङमा दुई परिवारका ६ जना बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले बिहीबार राति घरमाथिबाट खसेको पहिरोले घर पुर्दा पुरिएका २ जनाको शव निकालिएको र पुरिएका अन्यको खोजी कार्य जारी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप