शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय डेन्टल चिकित्सकहरुको  सम्मेलन रुपन्देहीमा

शुक्रबार, २७ भदौ २०७६, १८ : १४
शुक्रबार, २७ भदौ २०७६

बुटवल – ओठ तथा तालुको खुडेपना र डेन्टल सम्बन्धी काम गर्ने चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन रुपन्देहीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल लगायत विभिन्न देशका ओठ तथा तालुको खुडेपाना र डेन्टल सम्बन्धि विद्याबारिधी गरेका चिकित्सकहरुको सहभागिता रहेको छ । 

तिलोत्तमा–१७ कोटिहवामा रहेको टाइगर प्यालेसमा आयोजना गरिएको सम्मेलन अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थोपेडीक एशोसीयशन अफ नेपाल(ओडान)ले आयोजना गरिएको हो । 

१० औं अन्तराष्ट्रिय  सम्मेलन नाम दिएको  सेमिनारमा अर्थोडेन्टिक तथा डेन्टोफिशियल अर्थोपेडिक्स चिकित्सकहरुले  विशेष प्रस्तुतीकरण समेत गरेका    छन् । अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थोपेडीक एशोसीयसन अफ नेपाल(ओडान)का केन्द्रीय अध्यक्ष डा. रविन्द्र मान श्रेष्ठले नेपालमा अहिले पनि ओठ तथा तालुको खुडेपना भएका व्याक्तिहरुको उपचारमा सरकारी क्षेत्रबाट ठोस कदम चाल्न नसकेको बताएका थिए । 

उनले कुनै पनि मानिस विशेष परिस्थीतिको कारण उक्त समस्याबाट गुज्रिन बाध्य हुने भन्दै हालसम्म नेपालमा गरिएका अप्रेसनहरु  सबै दाताहरुको सहयोगमा हुने गरेकोले यसमा सरकारी निकायबाट समेत थप सहयोग हुनुपर्र्ने बताए ।

अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थोपेडीक एशोसीयसन अफ नेपाल(ओडान)का  केन्द्रीय उपाध्यक्ष डा. आलोक जैसवालले राज्यबाट नीतिगत रुपमा सहयोग गर्नुपर्ने बताएका थिए ।  

१० औं अन्तराष्ट्रि सम्मेलन अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थापेडीक एशोसीयशन अफ नेपाल(ओडान) का सचिव डा. वर्षा थापाले  सम्मेलनको  दोस्रो दिन  युनिर्भल मेडिकल कलेज तथा शिक्षण अस्पतालको सहकार्यमा खासगरी नर्सीङ्ग क्षेत्रमा खुडेपना, दन्त लगायतका विषयमा के कसरी कार्य स्याहर सुसार गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक रुपमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।
उनका अनुसार पहिलो दिनको सत्र टाइगर प्यालेसमा र दोस्रो दिन युनिर्भसल मेडिकल कलेज भैरहवामा हुने छ ।

अन्तराष्ट्रिय सम्मेलनमा भाग लिनको लागि ३५ जना भन्दा बढी विदेशी देशबाट चिकित्सक आएका छन् ।   सन् २००७ सालमा स्थापना भएको अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थोपेडीक एशोसीयसन अफ नेपाल(ओडान)ले यस भन्दा पहिला एक  वटा अन्र्राष्ट्रिय सेमिनार सम्पन्न गरिसकेको छ ।

नेपालमा खासगरी दन्त शास्त्रको विशेष महत्वरहेको कारण यस विषयमा राज्यको समेत ध्यानार्कषण गर्नको लागि समेत सम्मेलन फलदायी हुने  सम्मेलन आयोजक सचिव डा. बर्षा थापाले जानकारी दिइन् ।
नेपालमा हाल १ सय २० जना मात्रै  अर्थोडेन्टिस चिकित्सकहरु रहेका छन् ।

सम्मेलनमा नेपाल, भारत, थाइल्याण्ड र श्रीलंकाका  अर्थोपोटिक चिकित्सक, नर्सिङ्ग स्पेसलिष्ट, प्लाष्टिक सर्जन, नर्स स्पेशसलिष्ट,  ओरल मेडिसिनिक्सस, ओरल बायोलोजी, ओरल सर्जरी, प्रथोलकोडिक्सिका विषयमा कार्य पत्र प्रस्तुतीकरण, छलफल तथा अन्तक्रिया भएको  छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप