मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ बाल्ट्राको ‘दशैं ल्यायो’ अफर

शुक्रबार, २७ भदौ २०७६, १८ : ४९
शुक्रबार, २७ भदौ २०७६

काठमाडौं – नेपाल तथा भारतमा सर्वाधिक रुचाइएको बाल्ट्रा होम एप्लाइन्सेस्ले चाडवाडको यस अवसरमा “दशैं ल्यायो” नामक योजना नेपाली बजारमा ल्याएको छ । 

यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यसाली ग्राहकहरुलाई आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी समेत प्रदान गर्नेछ । 

बाल्ट्राको यस दशैं योजनाको लक्की ड्र मा सहभागी हुन र अतिरिक्त वारेन्टी प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो मोबाइलको मेसेज बक्समा गई BT <space> Warranty Card  Serial Number टाईप गरी ३१००७ मा पठाउनु पर्नेछ । 

सहभागी ग्राहकहरुले बाल्ट्राको ५५” स्मार्ट टि.भी. १ जनालाई, ४०” टि.भी. २ जनालाई, ३२” टि.भी. ३ जनालाई, साउण्ड बार ५ जनालाई, मिक्सर ग्राइन्डर १० जनालाई, राईस कुकर १५ जनालाई र आइरन १५ जनालाई जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् । यो योजना केवल सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।  

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । यसका साथै नेपाली बजारमा बिग एप्लाईन्सेस्को क्षेत्रमा बाल्ट्राले अग्रणी स्थान हासिल गर्ने लक्ष्य लिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप