शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘रातो टिका निधारमा’ भन्दै नाचिन् साम्राज्ञी

शुक्रबार, २७ भदौ २०७६, १९ : ४९
शुक्रबार, २७ भदौ २०७६

काठमाडौं – अशोक शर्माको निर्देशन रहेको फिल्म ‘रातो टिका निधारमा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । दशक अगाडि निर्माण भएको अशोककै सुपरहिट फिल्म ‘अल्लारे’को गीत ‘रातो टीका निधारमा टलक्क टल्कियो’ लाई रि एरेञ्ज गरेर यो फिल्ममा शीर्ष गीतको रुपमा राखिएको हो ।

पहिले यो गीत उमेश पाण्डे र रमना श्रेष्ठले स्वर दिएका थिए । अहिले भने यो गीतमा प्रमोद खरेल र गायिका मेलिना राईले स्वर छ । गीतको पहिले र अहिले संगीत शम्भुजित बाँस्कोटाले गरेका हुन् ।  शहदेव ढुंगानाको शब्द रहेको यो गीतमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नवअभिनेता अंकित शर्माको नृत्य देख्न सकिन्छ । यी दुबैको साथमा नीता ढुंगाना, खुश्वु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, अरुणा कार्की पनि गीतमा देखिएका छन् । गीतको कोरियोग्राफी वसन्त श्रेष्ठले गरेका हुन् । 

संगीतकार बाँस्कोटाले रिमेकमा पनि पुरानो गीतको मर्म मर्न दिएका छैनन् । राजेश हमाल र करिश्मा मानन्धर नृत्य गरेको यो गीतको भिडियो पहिलेको भन्दा केही कमजोर लाग्छ ।  वैदेशिक रोजगारीको कथाको विषयवस्तुमा बनेको फिल्म ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको हो । फिल्मका निर्माता किरण शर्मा र कृति शर्मा हुन् ।


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप