केन्द्रीय संस्करण

आर्मी र पुलिस सेमिफाइनलमा

person explore access_timeभदौ २७, २०७६ chat_bubble_outline0

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आर्मी समूह ‘ए’ बाट तथा पुलिस समूह ‘बी’ बाट विजेताको रुपमा अपराजित रहँदै अन्तिम चारमा पुग्न सफल भए । समूह ‘ए’ बाट अर्काे विभागीय टोली नेपाल एपीएफ क्लब तथा समूह ‘बी’ मा गण्डकी प्रदेश समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भयो ।

अब सेमिफाइनलमा पुलिसले समूह ‘ए’को उपविजेता एपिएफसँग तथा आर्मीले समूह ‘बी’ को उपविजेता गण्डकीसँग खेल्नेछ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा शुक्रबार समूह चरणको अन्तिम खेलमा आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सेटमा हराउदै अपराजित रह्यो । 

एक पक्षीय खेलमाा आर्मीले ढोरपाटनमाथि २५–१४, २५–१९, २५–२२ को सहज जित निकाल्यो ।

यता, निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले शुरुवाती सेट गुमाएर पनि गण्डकी प्रदेशमाथि ३–१ को जित निकाल्न सफ भयो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पुलिसले पहिलो सेट २९–३१ ले गुमाएको थियो । उत्कृष्ट पुनरागमन गरेको पुलिसले दोस्रो सेट २५–१२ ले सहजै आफ्नो पक्षमा पार्दै खेललाई १–१ को बराबरीमा ल्याएको थियो । तेस्रो सेटमा पुलिस खेलमा पछि परेपनि २७–२५ को जित निकाल्दै खेलमा २–१ को अग्रता लिन सफल भयो । चौथो सेटमा पुलिस २५–१९ को सेटमा विजयी भयो ।

शुक्रबारै समूहको खेलमा आयोजक प्रगतिशील युवा नेपालले गल्कोट स्पोर्टस् क्लब टोकियो जापानलाई २५–१९, २९–२७, १९–२५, २७–२५ को सेटमा पराजित गर्दै सन्त्वना जित निकाल्यो ।

प्रगतिशील युवा नेपालको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा एपीएफ र आर्मीसँगै ढोरपाटन स्पोट्र्स ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर छन् । 

समूह ‘बी’ मा आयोजक प्रगतिशील युवा क्लबसँगै नेपाल पुलिस क्लब, गल्कोट युवा क्लब र गण्डकी प्रदेश छन् ।  प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले तीन लाख, तेस्रोले एक लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.