केन्द्रीय संस्करण
विज्ञान विमर्श

समयमापन विकासक्रमको निरन्तर प्रगतिको सचित्र कथा

'सेपियन्स'को प्रश्न गर्ने कौतुहल र प्रत्येक कौतुहलमा प्रश्न गर्ने सनातन परम्परा

person explore access_timeभदौ २८, २०७६ chat_bubble_outline0

समयको चक्र पूर्वीय मान्यताअनुसार चक्र झै गोलों घुम्छ, भनिन्छ नि, 'हिस्ट्री रिपीट इटसेल्फ' नेपालीमा 'घूमफिरि रूमजाटार' अथवा यो पश्चिमा मान्यताअनुसार लंबवत गति गर्छ , 'यू क्यन नट इंटर ट्वाइस इन अ रिवर,'  'गएको समय फर्केर आउन्न।'

सत्य के हो ,कसैलाई थाहा छैन, तपाईंले जुन जीवन दर्शन धारण गर्नुहुन्छ, तपाईंको सत्य त्यै अनुसार  नै हुन जान्छ  । समयको  सत्य निरूपणका लागि गरेको श्रम  र समय खेरजानुबाहेक 'कुनै उपलब्धि हात आउने संभावनाको पनि  कुनै मौका' छैन । सबैभन्दा चर्चित र स्वीकृत परिभाषा समयको गर्दै युगका महान वैज्ञानिक आइन्स्टाइनले भनेका छन् -   'समय सापेक्ष हुन्छ, यस सापेक्ष शब्दलाइ चानचुने  नठान्नु होला । यस शब्दभित्र समयबारेका प्रचलित सबै मान्यता अटाउँछन्, र त्यै पनि सापेक्ष शब्दको उपादेयता बाँकी नै रहन्छ।'


सत्य के हो ,कसैलाई थाहा छैन, तपाईंले जुन जीवन दर्शन धारण गर्नुहुन्छ, तपाईंको सत्य त्यै अनुसार  नै हुन जान्छ  । समयको  सत्य निरूपणका लागि गरेको श्रम  र समय खेरजानुबाहेक 'कुनै उपलब्धि हात आउने संभावनाको पनि  कुनै मौका' छैन ।


तपाईंको त थाहा छैन, मेरा लागि समय भनेको सबैभन्दा पहिला  मेरो मस्तिष्कको विषय  (अरु केही शब्द प्रयोग गरेर म तपाईंलाई तर्कको खेती  गर्ने ठाउँ दिन चाहन्न)  हो ।  यसको अनुभूति हो ।मैले चाहे भने, म समयलाई चन्द्रमा र  बुध गृह जति 'स्लो' बनाई दिउ, र  चाहेको खण्डमा  बृहस्पति र शनि गृह जस्तो 'फास्ट'।  आइन्स्टाइन वर्णित समयका अरु सबै सापेक्षता मेरा लागि गौण हुन्। हुन त आइन्स्टाइनले पनि एउटा रूपसीलाई समयको सापेक्षता केही यस्तै पाराले 'अर्को शब्द र शैलीमा' बुझाएका थिए । मेरो यो परिभाषा पनि त आइन्स्टाइन महाशय वर्णित, सापेक्ष शब्द कै विशाल देहभित्र मज्जाले अटछ। समय सब थोक हो, र समय केही पनि होइन - यी दुबै 'स्टेटमेंट' एकसाथ नबुझ्नेका लागि समय, प्रकृतिको सबैभन्दा ठूलो रहस्य बनी जूनीभरिका लागि, 'समस्याबिनाको समाधान अथवा समाधान बिनाको समस्या' झैं भइराख्छ।

जम्मा १०-१२ हजार वर्ष पहिला जंगलबाट निस्केर मैदानमा  यसो घाँसफुसको छाप्रोछुप्रो बनाई पशुजगत्भन्दा पृथक जीवनशैली र पद्धति  अनुसार जीवनयापन शुरू गरेको 'सेपियन्स'ले आफ्नो विकासको प्रारंभिक सोपानबाटै समयबारे चिन्तन थालेको हो । के थियो र त्यस परिस्थितिमा ऊसंग  ? उस्ले आफ्नो परिवेश, भूभाग र उपलब्ध साधन- श्रोतबाट  देख्न सक्ने सूर्य र चन्द्रमाबाहेक अरु त केही थिएन !  चञ्चल चन्द्रमा सधै बहुरुपियाले जस्तै रूप फेर्ने, त्यसलाई के-को र कस्तो पो आधार मान्ने ? एउटा सूर्य नै थियो, जुन निश्चित बेलामा आफ्नो गरिमा र आरामका साथ अवतरित हुन्थ्यो र साथै लोप पनि । यसलाई आफ्नो तात्कालिक दैनिकीको आधार र यसैअनुसार आफ्ना गतिविधिको निरूपण गर्नु सर्वथा उचित र न्यायसंगत प्रतीत भयो, तत्कालीन  'सेपियन्स' का कबीला प्रमुखहरुलाई । र, यसै गहन चिन्तन र तार्किक विश्लेषणले जन्मायो संसार कै' समयमापन' गर्ने पहिलो घडी । जुन वास्तवमा अरु केही नभएर सूर्यको पृथ्वीमा पर्ने प्रकाशको मापन र सूर्यको स्थिति अध्ययन -आकलन  थियो।


एउटा सूर्य नै थियो, जुन निश्चित बेलामा आफ्नो गरिमा र आरामका साथ अवतरित हुन्थ्यो र साथै लोप पनि । यसलाई आफ्नो तात्कालिक दैनिकीको आधार र यसैअनुसार आफ्ना गतिविधिको निरूपण गर्नु सर्वथा उचित र न्यायसंगत प्रतीत भयो, तत्कालीन  'सेपियन्स' का कबीला प्रमुखहरुलाई । र, यसै गहन चिन्तन र तार्किक विश्लेषणले जन्मायो संसार कै' समयमापन' गर्ने पहिलो घडी ।


'सेपियन्स'ले सबै क्षेत्रमा प्रकृतिमाथि आफ्नो आधिपत्य स्थापित गर्दै गए । जीवनको प्रत्येक क्षेत्रमा, आवश्यकताको प्रत्येक परिपूर्तिमा उसले फड्कोमाथि  फड्को  लाउँदै आधुनिक मानवको रूपमा आफूलाई स्थापित गरेको बयान-बखान पढ्ने र लेख्ने दुबै त्यसै वर्गका नामधारी हो ।   'सेपियन्स'ले मात्रै प्रगति गरेर जल- थल- नभमा आफ्नो कीर्तिपताका हल्लाउनुका पछाडि विद्वानहरुले यो अथवा त्यो भनी आदि यावतका कारण प्रस्तुत गर्छन्, तिनले प्रस्तुत गरेका सबै कारण एवं समाधानमा आशिंक सत्यता निश्चय पनि छ। तर निर्विवाद रूपमा सबैले एउटा कारणलाई स्वीकार गर्छन्, त्यों हो 'सेपियन्स'को प्रश्न गर्ने कौतुहल र प्रत्येक कौतुहलमा प्रश्न गर्ने  सनातन परम्परा । यसका साथै प्रकृतिले उसमा  विकसित गरेको स्मरणक्षमता । अरु सबै कारण यिनै दुई विशेषताका 'बायो प्रोडक्ट' थिए ।

समयमापनबारे कै यस 'सेपियन्स'को यात्रा विकास क्रम बुझ्नाले धेरै कुरा छर्लङ हुन्छ, हेरौं  समयमापन विकासक्रमको निरन्तर प्रगतिको यो सचित्र कथा !

१. सूर्य :सबैभन्दा पहिला समय मापनको आधार सूर्य नै थियो । भारत लगायत अनेकौं सभ्यताका पौराणिक ग्रन्थ अध्ययनबाट थाहा हुन आउछ- ईश्वी सम्वतभन्दा हज्जारौं वर्ष पहिला सूर्यको स्थितिले समयको हेक्का  राखिन्थ्यो । त्यसबेला सूर्यका प्रहरलाई समयको  मापन इकाई मानी काम चलाइन्थ्यो।

२. सूर्य घडी :समयमापन सम्बन्धी यो पहिलो अविष्कार गर्ने श्रेय प्राचीन  मिश्र  सभ्यतालाई जान्छ। यो नै वैज्ञानिकरूपले समयको गणना गर्ने पहिलो अविष्कार थियो । आज पनि यसको प्रयोगले सटीक त होइन, मोटामोटी समय  गणना गर्न सकिन्छ ।

३. बालुवा घडी :समयमापन गर्ने यस प्राविधिको विकास कुन सभ्यताले गर्यो निश्चित रूपले केही भन्न सकिँदैन ।जुन बेला मानिसले बालुवाबाट काँच (शीशा) बनाउने प्रविधिमा निपुणता पायो, त्यस बेला नै यस घडीको विकास भएको भन्ने मान्यता रहेको छ । शीशाका विशेष आकारका भाँडा बनाएर त्यसमा बालुवा भरेर, बालुवा एक भाँडाबाट अर्को भाँडामा जाने अध्ययनबाट समयको मापन गरिन्थ्यो ।यो घडी सूर्य घडीभन्दा उन्नत र सजिलै ओसारपसार गर्न मिलने अविष्कार थियो ।

४- पानी घडी :पानी घडीको अविष्कार ईश्वी सम्वतभन्दा १६ औं शताब्दीपूर्व भएको मानिन्छ। चित्र भने एउटा आधुनिक पानी घडीको हो। यस  घडीको सिद्धान्त बालुवा घडी जस्तै थियो ।

५- घन्टाघर :निकै लामो अन्तरालपछि १८ औं शताब्दीमा आएर दिनलाई घन्टामा परिवर्तित गरी समयको मापन गर्ने  
पद्धति विकसित भयो । यहाँसम्म आइपुग्न 'सेपियन्स' ले विभिन्न चरण पार गर्नुपरेको थियो । अन्तत: घन्टा, मिनेट र सेकेण्डको अवधारणाले समयमापनमा नयाँ क्रान्ति ल्यायो।  यस बेला ठूला ठूला आकारका घडी बनाइए । यस बेला युरोपमा चर्चको आधिपत्य थियो, यस्ता अधिकांश घडी चर्चमा स्थापित गरिए । केही समयपश्चात् ठूला शहरमा घंटाघर बनाउने अवधारणा विकसित भयो ।यहाँ जडान गरिएका घडीले पूरा शहरलाई समयको घन्टा अनुसारको जानकारी दिन्थ्यो ।

६- खल्ती  घडी:फ्रान्स र स्विजटरल्याण्डका सीमावर्ती गाउँका मानिसहरुले काठको घडी डिजाइन गर्ने कार्य गर्दागर्दै  यस काममा निपुणता हासिल गरे । खल्ती घडी बनाउने श्रेय उनीहरुलाई नै प्राप्त छ।

७- नाड़ी घडी :समयलाई घंटा, मिनेट र सेकेण्डमा विभजित गरी समयमापन गर्ने कौशल ठूलठूला घडीबाट विस्तारै सानो आकार ग्रहण गर्दै गइरहेको थियो।खल्ती घडी प्रचलनमा आइसकेका थिए । 'करत करत अभ्यास के जड़मति होत सुजान भने' झै 'सेपियन्स' का केही यूरोपियन  समूहले नाड़ी घडी बनाउने सफलता पाए । समयमापनको यो नवीनतम सानो 'डिभाइस' ले छोटो समय मै विश्वभरि लोकप्रियता पायो । हातमा घडी लाउनु फेसन मात्रै होइन, सामाजिक प्रतिष्ठा कै विषय बन्यो । वर्तमान युगमा पनि केही विशिष्ट नामधारी कम्पनीहरुले बनाएका घडी लाउनु उच्च प्रतिष्ठा कै विषय बन्ने गरेको छ ।

८- सर्व सुलभ भए  घडी : तपाईंको उमेर ५० प्लस छ भने तपाईंलाई स्मरण होला, विक्रम   सम्वत २०४० सालसम्म पनि हाथमा घडी लाउनु सर्वसाधारणको बुताभन्दा बाहिरको कुरा हुन्थ्यो । सम्झिनु हुन्छ डोल्म घडीको नेपाल  रेडियोबाट प्रसारित हुने विज्ञापन ! तर २०५० को दशक आरम्भ नहुँदै संसारभरि सस्तो घडी बनाउने प्रतिस्पर्धा चल्यो ।  घडी किलोका भाउले रत्नपार्कमा बिकेको पनि दृश्य तपाईंहरुलाई स्मरण नै होला । यसको लागि श्रेय चिनियाँहरुलाई दिँदा फरक पर्दैन जसले घडीलाई आमनेपालीको पहुँचको सामग्री बनाइदियो । यसपछि भन्न सकिन्छ, घडी प्रत्येक नाड़ीमा  सुशोभित हुन पुगे ।

९- इलेक्ट्रॉनिक घडी :समयको विभाजन त सेकेण्ड, मिनट र घण्टामा सर्वस्वीकृत  भइसकेको थियो । यसमा हेरफेर हुने सबै सम्भावनामा सधैंका लागि पूर्णविराम लागिसकेको थियो । तर घडीका प्रारूपमा  सुधार गर्ने तीव्र प्रतिष्पर्धा विश्वभरि नै द्रुतगतिमा सञ्चालित भइरहेको थियो । लाज नमानी भन्नुस् त, तपाईंले घडीमा हेरेर समय कति  भयो भनी जान्न - बुझ्न  कति दिन लाग्यो? घडीमा रहेका तीन वटा सुईको अनुपात हेरेर समयको गणना गर्ने कार्य जटिल  नै हो । यसको समाधान लिएर आए जापानी घडी निर्माता कम्पनीहरु । यी कम्पनीले इलेक्ट्रॉनिक घडी बनाए । वाटरप्रूफ हुनुका साथै यी घडीले अंक मै (डिजिटल ) कति  बजेको देखाउन थाले, अब घडी हेरेर समय पत्ता लाउन सबैका लागि सजिलो भयो ।

१० -परमाणु घडी : जीवन र विज्ञान दुबैको गति रोकिनन् । सामान्य मानिसका लागि समयमापन गर्ने  सबैभन्दा तल्लो इकाई सेकेण्डको खास महत्व हुन्न । आफ्नै जीवनलाई चियाएर हेर्नुस् त, तपाईंका लागि एक सेकंडको कति  नै महत्त्व छ? तर विज्ञानलाई भने सेकेण्डले टाउको दुखारहेको थियो । सेकेण्ड केलाई भन्ने ? फेरि एकपटक स्मरण गरौं आइन्स्टाइन महोदय कै। उनले १९२० ताका नै भनी दिएका थिए समय गतिबाट प्रभावित हुन्छ। भनाइको अर्थ, तपाईं हाथमा घडी बाँधेर सोफामा बसिरहँदा घडीले देखाउने समय र तपाईं कारबाट गइरहँदा घडीले देखाउने समयमा फरक हुन्छ। तपाईंले विश्वास नगरे केही छैन, वैज्ञानिकहरुलाई त आइन्स्टाइनको कुरामा विश्वास गर्न लामो समयसम्म प्रतीक्षा गर्नु परयो । यो प्रमाणित हुन तेज गतिले उड़ने विमान आविष्कारपछि मात्र सम्भव भयो । १९७०-७२ तिर घडी विमानमा राखेर पठाइए, दुरस्त त्यस्तै घडी पृथ्वीमा थिए , विमान फर्केर आउँदा विमानको घडीमा समय फरक भएको थियो ।गति तीव्र हुँदा समय 'स्लो' हुन्छ भन्ने आइन्स्टाइनको भनाइ सत्य साबित भयो । अब  वैज्ञानिकलाई सेकेण्डको पक्का परिभाषा चाहिएको थियो । अन्तत: परमाणु घडीको अवधारणा आयो, वैज्ञानिकले परमाणु घडी बनाए । यसपछि एक सेकेण्डको सम्यक परिभाषा निर्धारित भयो । अब एक सेकेण्ड भनेको  सीजियम १३३ धातुका  दुई परमाणु  बीच ९, १९, २६, ३१, ७७० पटकको 'अक्सिलेसन' हुनु हो। परमाणु घडीले देखाउने समयमा सबैभन्दा बढ़ी 'एक्यूरेसी' हुन्छ ।

हुन त व्यावहारिक रूपमा  तपाईं सेकेण्डलाई एक दिनको १ /८६,४००  भाग बुझ्न सक्नुहुन्छ । यसो भन्नुको अर्थ एक दिनमा ८६,४०० सेकेण्ड हुन्छन् । १ मेगासेकेण्ड भनेको ( दस लाख सेकेण्ड ) ११ प्वाइन्ट ६ दिनको समय हो। १ गीगासेकेण्ड ( १ अर्ब सेकेण्ड ) मा ३१ प्वाइन्ट ७ वर्षको समय व्यतीत हुन्छ । १ टेरासेकेण्डमा (१० खरब सेकेण्ड) ३१,७०० वर्ष हुन्छन् । पृथ्वीको आयु १ पेटासेकेण्ड भन्दा केही बढ़ी मात्रै छ । एक पेटासेकेण्ड लेख्न तपाईंले १ का पछाडि १५ शून्य थप्नुपर्ने हुन्छ ।

सेकेण्डको उर्ध्वयात्राबारे त तपाईंलाई थाहा नै भएको कुरा हो, मैले त ठूला गणना मात्रै  गरेको हुँ । तपाईं हामीलाई आवश्यक नभए पनि विज्ञानमा समयको ओरालो यात्रा गणना पनि गर्नु जरुरी हुन्छ । विज्ञानले सेकेण्डको १/१०, १/१००, १/१०००, १/१०००००० गर्दै १/१ को पछाडि २४ शुन्य थप्नेसम्म समय निर्धारण गरेको छ ।यसलाइ एक 'योक्टोसेकण्ड' ( yoctosecond ) भनिन्छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...