बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आजबाट सोह्रश्राद्ध सुरुः कुन तिथीमा कस्को श्राद्ध गर्ने ?

शनिबार, २८ भदौ २०७६, १० : ४१
शनिबार, २८ भदौ २०७६

आष्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्य सम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापुर्वक सम्पन्न गर्नु भन्ने बुझिन्छ । 

तिथिको आधारमा पर्ने हुनाले प्रत्यक वर्ष सोह्रश्राद्ध सुरु हुने समय फरक हुन्छ । आष्विन कृष्ण पक्षको प्रतिपदाबाट सुरु गरि औषिसम्म गरिने श्राद्धलाई  सोह्रश्राद्ध भनिन्छ । २०७६ सालमा सोह्रश्राद्ध भाद्र २८ गते शनिबार बिहान ८  बजेर ४१ मिनेटबाट प्रतिपदाबाट सुरु भई आष्विन ११ गते शनिबार राती १२ बजेर २२ मिनेट औंषी तिथी सकिएपछि  सोह्रश्राद्ध सकिनेछ ।

अहिलेको समयमा प्रायजसो मानिसहरुले भन्ने गर्दछन् जिबित हुँदा हामिले बुबा आमालाई खान दिईहाल्यो मरेपछि किन दिने भन्दछन् । जसले जिवित आमा बुवाको राम्रो सँग पालन पोषण गरेन उसले परेपछि पनि केहि गर्दैन तर जसले जीवीत हुँदानै खानदियो लाउँन दियो र सोधिखोजि गर्यौ भने उसले पक्कैपनि मरेपछि पनि आमा बुवाको तिथिमा उसले श्राद्ध गर्दछ । आमा बुवा मरेपछि के दिने त भन्दा पिण्ड तथा जल दिने हो पिण्ड भनेको अन्न हो र जल भनेको पानि हो । आफ्ना आमा बुबाको तिथिमा श्राद्ध गरेर हाम्रो शरिरमा भएको बिभिन्न चक्रहरु बिषेशगरि हृदय चक्रलाई उजागर गरि फल प्राप्त गरिरहेको हुँन्छौ । हामिले आमा बुबा मरेको तिथिमा गरिने एकोदृष्ट श्रादमा दिएको अन्न तथा जल बर्सभरिनै पित्रृहरुले प्राप्त र्दछन् भन्ने शाष्त्रिय मान्यता रहेकोछ । सोह्रश्रादको समयमा आफ्ना आफ्ना पित्रृहरु घरको अगाडि आएर बस्छन् भन्ने मान्यता रहेकोछ । एउटा शाश्त्रिय भनाई के रहेको छ भने गएको कुषे औषिबाटनै पित्रृहरु घर वरपर आएर मेरा छोराहरुले तर्पण दिन्छन् दिदैनन्,जल दिन्छन् दिदैनन्, पिण्ड दिन्छन् दिदैनन् भनेर बसिरहेका हुँन्छन् ।

मानिसहरुले खानमा मासुपनि मिलाउँने गर्दछन् । यो समयमा जो मांशहारि हुँनुहुँन्छ ति व्याक्तिहरु शकाहारि हुँनु पर्दछ । जसका माता पिता हुँनुहुन्न उनिहरुले शुद्ध शात्विक भोजन गर्नुपर्दछ र तामसि भोजनहरु ग्रहण गर्नुहुदैन । पृत्रिको तिथि नआउन्जेल सकिन्छ भने एक छाक भोजन तथा एकछाक रोटि ग्रहण गर्नपर्दछ । अगाडिनै हात गोडाका नङ काट्ने,दिन प्रतिदिन स्नान गर्नुपर्दछ । शुक्ल पक्ष वा कृष्ण पक्ष जुन पक्षमा दिवंगत भएपनि त्यही तिथिमा नै श्राद्ध गरिन्छ । 

जसको कुमार अवस्थामा दिवंगत भएको हुँन्छ त्यसको पञ्चमीमा श्राद्ध गर्नुपर्छ । पञ्चमि तिथिमा गरिने श्राद्धले उनिहरुको आत्माले शान्ति पाउँछ । आष्विन कृष्ण पक्षको नवमीलाई मात्रृ नवमी भनिन्छ । स्त्रीजातीको वा आमाको श्राद्ध गर्नुपरे मात्रृ नवमीलाई राम्रो मानिन्छ । मात्रृ नवमीको दिने तर्पण,जल तथा पिण्डले आमाको मात्र हैन त्यस कुलमा भएको सम्पुर्ण स्त्रिहरुको उद्धार हुँन्छ भन्ने शाश्त्रिय मान्यता रहेकोछ । परिवारका पुर्वज तथा बुबाहरुले सन्यास दिनुभएको भए एकादशि तथा दुवादशि तिथिमा श्राद्ध गर्नुपर्दछ । जसको अकालमा,दुर्घटनामा,अष्त्रसस्त्रमा मृत्यु भएको छ भने अरु तिथिमा भएपनि चतुर्दसिमा श्राद्ध गर्नुपर्दछ ।  आफ्ना पित्रृहरुको तिथि थाहा छैन भने औषि तिथिमा श्राद्ध गर्दा सम्पुण पित्रृहरु प्रशन्न हुँन्छन् ।

श्राद्ध गर्दा बिभिन्न नियमहरुको पालना गर्नुपर्नेहुन्छ । श्राद्धको दिन दात माज्दा ब्रस तथा मलमको प्रयोग नगरि कुनै बृक्ष वा दतिउनबाट दात माज्नु पर्दछ । श्राद्धभन्दा अगाडि पान लगाएत यस्तै बस्तुहरुको ग्रहण गर्नु हुदैन । श्राद्ध नसकिकन शरिरमा तेल नलगाउँनु,श्राद्धको दिन अरुको अन्न नखानुनै श्राद्ध गर्दा पालना गर्नुपर्ने नियमहरु हुँन । श्राद्धमा पढ्नको लागि गरिने ब्रमाणहरु जो चोरि कर्म गर्दछ,जो मासुको व्यापार गर्दछ तिनिहरुलाई श्राद्धमा बोलाउँनु हुँदैन । शुद्ध ब्रमाणमा एउटा उर्जा शक्ति हुँन्छ त्यो तपाईका पुर्वजहरुलाई प्राप्त हुँन्छ । भगवान रामले पनि आफ्ना पिताजीको मृत्युको खबर भयो भनेर थाहा पाएपछि पुस्कर क्षेत्रमा गएर श्राद्ध गर्दिनु भयो । ऋषि मुनिहरुलाई बोलाएर फलफुलहरु ग्रहण गराउँनु भयो । त्यतिखेर फलफुल बितरण गर्दैगर्दा घरभित्र सिता आईन र रामले किन भित्र आएको भन्दा सिताजीले जबाफ दिईन् मैले हाम्रा पुर्वजहरुको अनुहार ब्रमाणहरुको शरिरमा देखि भनेर भनेकि थिईन । जो ब्रमाणहरुले मासु खाएर शाश्त्र पढ्दछ तिनिहरुको शरिरबाट उर्जा हराएर जान्छ । काला दात भएका तथा लामा लामा नङ भएका ब्रमाणहरुबाट पनि श्राद्ध नगराउँनु भनिएकोछ । अन्नमा किरा परेकोछ, अन्नहरुमा कुकुर तथा कुखुराहरुले दृष्टि दिएको  भने  ति अन्नहरु प्रयोग नगर्नु भनिएकोछ ।

श्राद्धको समयमा मुसुरिको दाल, गाजर, कुबिण्डो,लौका,बैगुन,कालो नुन,प्याज तथा लशुन चलाउँन हुँदैन । किन भन्दा यि चिजहरु गन्द प्रदान भएको हुँनाले पित्रृहरु रुष्ट हुँन्छन् । पहेलो सेतो फुलहरु चडाउँनु पर्दछ । चन्दन चलाउँदा पहेलो चलाउँनु पर्दछ । रातो चन्दन चडाउँनु हुँदैन किनकि रातो चन्दन भनेको तमोगुणको प्रतिक हो । पहेलो तथा सेतो चन्दन सत्वगुणको प्रतिक हो । पिण्ड कत्रो दिने भन्ने प्रश्नपनि उब्जिन्छ एकोदृष्ट श्राद्धमा सरिफाको फल जत्रो,बार्षिक श्राद्ध जो मरेको एक बर्षमा गरिन्छ त्यस समयमा  नरिवलको भित्रको दानो जत्रो,मासिक श्रादमा पनि नरिवलको दाना जत्रोनै दिनु पर्दछ । तिर्थ श्राद्धमा कुखुरामो अण्डा जत्रो,पावण श्राद्धमा अमलाको ठुलो दाना जत्रो दिनुपर्दछ । पिण्ड भनेको ब्रमाण्ड हो आफ्ना पित्रृहरुलाई हे हजुर मैले तपाईलाई देखेको छैन,मैले हजुरलाई घिउ,चिनि दुध मिसाएर बनाएको पिण्ड अर्पण गरेको छु भनि अग्रजहरुलाई सम्झनु पर्दछ । औषिको दिन पित्रृहरु फर्कने दिन भएकोले औषिको दिन साझमा दियो बालिदिने,पृतिहरुको फोटो राख्ने, खिर बनाएरु चडाईदिने र भन्ने हजुरहरुको यात्राको लागि मैले बत्ति बालेको छु भोजन बनाएको छु । श्राद्ध गरिसकेको भएपनि पित्रृहरुलाई सम्झनाले आर्शिबाद प्राप्त हुन्छ । एउटा भनाई पनि छ देवताले दिन्छने पित्रृहरुले हर्छन त्यसैले आफ्ना पित्रृहरुलाईखुसि पार्नुपर्दछ ।

घरमा,तिर्थमा,बिष्णपादुकामा,गोकर्णमा,कोटिहोममा,पशुपति क्षेत्रमा,बद्रिमा जहाँ गएर पनि पित्रृहरुको श्रदा भक्ति गरेर अनन्य आशिर्बाद हामिले लिनु पर्दछ । सोह्रश्राद पछि तुरुन्तै दुर्गा पक्ष,बिजय दशमि तथा शुभ दिपावलि आउँछ तर पहिलो पित्रृहरुको आशिर्वाद लिनु पर्दछ अनि देवताहरुको पुजा गर्नुपर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप