मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले बुटवल–पाल्पा सडक अबरुद्ध

शनिबार, २८ भदौ २०७६, ११ : ०७
शनिबार, २८ भदौ २०७६

सिद्धार्थ राजमार्ग ढुङ्गे पहिरोका कारण अबरुद्ध बनेको छ । शुक्रबारबाट झरेको पहिरो शनिबार पनि झरेपछि सडक अवरुद्ध भएको हो ।

माथिल्लो शिद्धबाबानजिकै २० मिटर माथीबाट खसेको ढुङ्गे पहिरोले  सडक अबरुद्ध भएको दोभान प्रहरी चौकीका प्रमुख असई बालबहादुर खत्रीले जानकारी दिए ।

हिजो दुई वटा जिप पुरिएको थिए । गुल्मीको कालिगण्डीकी गाउँपालिका ७ का २६ बर्षीय कमल परियारको घटना स्थल मै मृत्यु भएको थियो भने चार जना घाईते भएका थिए । शिद्धबाबा आसपासको ढुङ्गे पहिरोले बर्षेनी मानिसहरुको ज्यान लिदै आएको छ ।  

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप