शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविता : प्रिया तिमी

शनिबार, २८ भदौ २०७६, १३ : ४८
शनिबार, २८ भदौ २०७६

सविन आचार्य

हे मेरी प्रिय तिमी नै भन
सम्झाऊ कसरी 
बुझक्की तिमी सम्झाउने जनलाई
आत्तियौ बेसरी
नझार आँसु भाग्यको लेखा
मेटिन्न यसरी ।

हे मेरी प्रिय तिमी नै भन
सम्झाऊँ कसरी
सम्हाल तिम्रा रोदनहरु
नबनाऊ पोखरी 
तिमी छौ ज्ञानी निकै सुशील
त्रिलोक सुन्दरी ।
फुलाउँछौ तिमी नौ रङ्गी गुलाफ
मगमगाउँछ फुलबारी 
साहसी तिमी अति नै सुरी
नहार यसरी
हे मेरी प्रिय तिमी नै भन
सम्झाऊँ कसरी 
हे मेरी प्रिय छोड है चिन्ता
बन है उजेली 
चिम्नुछ तिम्लाई त्यो पारी जुन
पँखेटी उचाली 
फुलाउँछौ तिमी नौ रङ्गी गुलाफ
मघाउँछ फुलबारी
साहसी तिमी अति नै सुरी
नहार यसरी ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप