साथी तिमी अझै परदेश बस्नुपर्छ
चुनावमा तिमीले भोट हाल्न नपाए पनि
परार साल तिम्रा बाले भोट हाली जिताएका नेताज्यूको
चिल्लो गाडी चढ्ने सपना पूरा भएकै छैन
त्यसैले साथी,
तिमी अझै परदेश बस्नुपर्छ
हो, तिमीले अझै रेमिट्यान्स पठाउनुपर्छ ।
साथी, तिम्रो जन्मभूमिको देशमा आजकल
नयाँ नेता आएका छन, नयाँ तन्त्र आएको छ
पहिले भत्ता बुझ्न सहर झर्ने तिम्री वृद्ध आमा
आजकल दिनैभरी हिँडेर प्रदेश मुकाम पुग्छिन्
सुन्दा अचम्ममा नपर्नु,
नयाँ तन्त्रमा आजकल न्याय महँगो भएको छ
तिम्रा बेपत्ता दाजुको खबर थाहा पाउन
तिमीले कर तिर्नुपर्छ अब
त्यसैले साथी
तिमी अझै परदेश बस्नुपर्छ,
तिमीले अझै रेमिट्यान्स पठाउनुपर्छ ।
कर्मभूमिमा तिमीलाई अर्को पनि खबर छ
यतातिर तिम्रो अनि तिम्रा जिजुबाजेको धर्म बेचिएको छ,
सम्पदा बेचिएको छ, संस्कार खोसिएको छ,
तिमीलाई थाहा छ, तिम्रो देश गरिब छ
तर पनि तिम्रा नेता धनी छन्
त्यसैले साथी
तिमी अझै परदेश बस्नुपर्छ
हो, तिमीले अझै रेमिट्यान्स पठाउनुपर्छ ।
अनुज कल्पित, काठमाडौँ, नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा