शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मृत मानव शरीर एक वर्षसम्म चलायमान हुने वैज्ञानिकको खोज

शनिबार, २८ भदौ २०७६, १५ : ११
शनिबार, २८ भदौ २०७६

एजेन्सी । एक जना अष्ट्रेलियाली वैज्ञानिकले मानव शरीर मरेको एक वर्षसम्म उल्लेखनीय रुपमा चलायमान हुने प्रमाणित गरेकी छिन् ।

यो खोजको निष्कर्षलाई विश्वभरी प्रहरी अनुसन्धानदाता र प्याथोलोजीहरुले प्रयोग गर्न सक्छन् ।

१७ महिनासम्म शवको हलचल अध्ययन गरेर खिचिएको फोटोको अनुसन्धान गरेर एलिसन विल्सनले मानिस मृत्युपछि शान्तीसँग नरहने पत्ता लगाइन् ।

एक केश अध्ययनमा शवको हात सुरुमा शरीरको नजिक गएरपछि फैलिएको थियो ।

‘यो हलचल शरीर कुहिँदै गर्दाको प्रक्रियासँग सम्बन्धित छ । शरीर जम्दै जाँदा र जोर्नी जोड्ने लिगामेन्ट सुक्दै गएपछिको प्रक्रियाबाट शरीर हलचल गर्न थाल्छ,’ उनले भनिन् ।

विल्सनले शवको निगरानी गर्नको लागि आफू बस्ने स्थान केर्नबाट प्रत्येक महिना तीन घण्टाको उडान गरेर सिड्नी जान्थिन् ।

उनले अध्ययनको लागि प्रयोग गरेको शरीर दक्षिणी गोलाद्र्धमा रहेको एक मात्र ‘ह्यूमनको फार्म’मा राखिएका ७० मध्ये एक शव थियो ।

‘फार्म’ सिड्नी सहरको बाहिरी भागमा रहेको घाँसे मैदानमाझ रहेको एक गोप्य स्थानमा छ ।

आधिकारिक रुपमा ‘अस्ट्रेलिया फ्यासिलिटी फर टफोनोमिक एक्सपेरिमेन्टल रिसर्च’ नामक उक्त संस्था मृत्युपछिको हलचलबारेको अनुसन्धानमा अग्रणी फार्म हो ।

विल्सन र उनका सहकर्मीले मरेको समय पहिचान गर्नको लागि प्रयोग गरिने प्रणालीलाई सुधारको लागि ‘टाइम–ल्याप्स’ क्यामेराको प्रयोग गरेका थिए । त्यस प्रक्रियामा अनुसन्धानदाताले मानव शरीर उलेख्य चलायमान हुने पत्ता लगाए ।

उनको खोज हालसालै ‘फोरेन्सिक साइन्स इन्टरनेशनः सिनर्जी’ जर्नलमा प्रकाशित छ ।

शवको चलायमान अवस्था र कुहिने दरको थप बुझाईलाई अज्ञात शवको मरेको समय पहिचान गर्न प्रहरीले प्रयोग गर्न सक्छ ।

यसले गर्दा मृत्युको गलत कारण अथवा शवलाई गलत घटनासँग जोड्ने दर कम हुने विल्सनको बुझाई छ ।

‘तिनले आपराधिक घटनालाई नक्सांकन गर्नेछन् । त्यस्तै तिनले मृत्युको समयमा शरीर हुन अवस्थामा थियो भन्ने नक्सान गर्नेछ । यसले प्राप्त जुनसुकै भौतिक प्रमाणलाई पनि नोक्सान गर्नेछन् र यी सबैले मृत्युको कारण बुझ्न सहयोग गर्छ,’ विल्सनले भनिन् ।

सीक्यु विश्वविद्यालयबाट अपराधशास्त्रमा अध्ययन गरेकी विल्सनले यो अनौठो परियोजना माया–युगको अस्थिपञ्जरको अवशेषको वर्गिकरण सघाउन मेक्सिको पुगेपछि सुरु भएको हो ।

‘बाल्यकालदेखि नै मृत्युसम्बन्धी मेरो चाख थियो । त्यसमा पनि मृत्युपछि शरीर कसरी अवशेष बन्छ भन्नेमा पनि मेरो चाख थियो । सायद सानोमा गाईवस्तुको गोठमाझ हुर्किएको र जीवजन्तु मरेको र मरेपछि तिनको प्रक्रिया देखेर मलाई यसमा चाख बसेको हुनसक्छ,’ उनले भनिन् ।

‘एकपटक अर्कै अनुसन्धानमा मैले शवको हलचल अवलोकन गरेको थिएँ । खोजी गर्दा यो विषयमा मैले विश्वको अन्य भागमा यो पाउन सकिन । त्यसपछि मैले यस विषयमा अनुसन्धान गर्ने सोचें,’ विल्सनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप