शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीका पूर्वविद्यार्थीद्वारा निःशुल्क स्वास्थय शिविर

शनिबार, २८ भदौ २०७६, १५ : २९
शनिबार, २८ भदौ २०७६

मुस्ताङ – गण्डकी आवासीय माध्यामिक विद्यालय पोखराका पूर्वविद्यार्थीहरुले मुस्ताङको मार्फामा आफ्नै खर्चमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । शिविरमा विभिन्न रोगका करिब एक हजार जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको छ ।

गण्डकीका पूर्वविद्यार्थीहरुको संगठन (एक्बोसा) काठमाण्डु र नर्थ अमेरिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको सो विद्यालयका  पूर्वविद्यार्थी एवं बैंकर्स लक्ष्मी लामिछाने ढकालले जानकारी दिइन् ।  उनका अनुसार २६ जना विशेषशज्ञ चिकित्सकको टोलीले मुटु, दम, क्यान्सर, नाक, कान घाँटी, आँखा, दाँत, हाडजोर्नी, पिशाब, स्त्री तथा प्रसूति र थायोराइडजस्ता रोगका बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । 

शिविरमा केहीको सामान्य शल्यक्रियासमेत गरिएको उनले जानकारी दिइन् । शिविरमा आएका सबैको अनिवार्य रगत र पिसाब परीक्षण गरिएको थियो । यस्तै केहीले निःशुल्क ईसीजी र ए–क्सरे सेवा समेत पाएका थिए । 
शिविरको उदघाटन गण्डकी स्कुलका पूर्वविद्यार्थी समेत रहेका प्रदेश–४ का सांसद प्रेमप्रसाद तुलाचनले गरेका थिए । तुलाचनले मानव स्वास्थ्य जस्तो पवित्र कार्यमा गण्डकीका विद्यार्थीहरुले पु¥याएको योगदानको प्रशंसा गर्दै समाजका अरुले पनि त्यसबाट शिक्षा ग्रहण गर्नुपर्ने बताए । 

गण्डकी आवासीय माविको पूर्वविद्यार्थीहरुको संगठनकी अध्यक्ष डा. सुजिता हिराचनले आगामी दिनमा समेत यस्ता रचनात्मक र समाजलाई प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रम गरिने जानकारी दिइन् । 
शिविरका लागि आवश्यक रकम पूर्वविद्यार्थी तथा हाल उनीहरु कार्यरत संघसंस्था तथा कार्यालयहरुबाट संकलन गरिएको थियो । 

कार्यक्रममा मुस्ताङका सहकाय प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका  प्रमुख, सामाजिक अगुवा तथा स्थानीय सरकारका प्रतिनिधिको सहभागिता थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप