शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जीवनराम फेरि ओलम्पिक अध्यक्ष

शनिबार, २८ भदौ २०७६, १७ : २५
शनिबार, २८ भदौ २०७६

काठमाडौँ । नेपाल ओलम्पिक कमिटिको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटीमा शनिबार भएको निर्वाचनमा जीवनरामले अध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठलाई सात मतले पराजित गरे । २७ खेल संघका प्रतिनिधिले मतदान गरेको निर्वाचनमा जीवनरामले १७ मत ल्याउँदा उमेशलालले १० मत ल्याएका थिए ।

यसैगरी उपाध्यक्षमा ज्योति राणा २६, चतुरानन्द राज वैध २२, तेज गुरुङ २०, सुनिलकुमार श्रेष्ठ १८ र अशोक बज्राचार्य १५ मत ल्याउँदै विजयी भए । पाँच उपाध्यक्ष लागि आठ जनाले उम्मेद्वारी दिएकोमा समिम मियाँ अन्सारी १२, पुष्पदास श्रेष्ठ र राजीव श्रेष्ठले समान ११/११  मत ल्याउँदै पराजित भए ।

महासचिवमा पदमा निलेन्द्रराज श्रेष्ठले यसअघिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेलाई तीन मतले हराए । निलेन्द्रराजले १५ मत प्राप्त गर्दा पुरेन्द्रले १२ मत पाएका थिए ।

तीन सचिव पदका लागि भएको निर्वाचनमा जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले २५, संघिय सांसद तुल्सी थापाले २१ र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले १८ मत ल्याउँदै विजयी भए । निवर्तमान सदस्य सचिव केशवकुमार विष्ट एक मतले पराजित भए । सचिवमा चार जनाको उम्मेद्वारी परेकोमा बिष्टले १८ मत पाए ।

यसैगरी सात सदस्यहरुमा आर्चरीका रमेशप्रसाद शिवाकोटी, बक्सिङका राम अवाले, तेक्वान्दोका प्रकाश सम्शेर राणा, साइक्लिङका गोपालसुन्दर कक्षपति, गल्फका तासी घले, बास्केबलका होम दोङ, फुटबलका दीर्घबहादुर केसी विजयी भए । सात सदस्य पदका लागि आठ जनाको उम्मेद्वारी परेको थियो । नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा भने पराजित भए । यसैगरी सहमहासचिव पदमा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना र कोषाध्यक्षमा नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन टन्डन यसअघिनै निर्विरोध निर्वाचित भएका थिए ।

एनओसीको निर्वाचित कार्यसमिति

अध्यक्ष – जीवनराम श्रेष्ठ

उपाध्यक्ष – ज्योति राणा, तेज गुरुङ, चतुरानन्द राज वैध, सुनिलकुमार श्रेष्ठ र अशोक बज्राचार्य

महासचिव – निलेन्द्रराज श्रेष्ठ

सहमहासचिव – पिताम्बर तिम्सिना

कोषाध्यक्ष – रतन टन्डन

सचिव – दीपकहर्ष बज्राचार्य, तुल्सी थापा र रामजीबहादुर श्रेष्ठ

सदस्यहरु – रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशसम्शेर राणा, गोपालसुन्दर कक्षपति, टासी घले, होम दोङ, दीर्घबहादुर केसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप