शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चा मात्रै धेरैः काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको सम्भाव्यता पनि अध्ययन भएन

आइतबार, २९ भदौ २०७६, ०६ : ४७
आइतबार, २९ भदौ २०७६

काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको धेरै चर्चा भयो । जति चर्चा भएपनि दुवै रेलको अहिलेसम्म विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर) हुन सकेको छैन । 

यसै यता आएका चिनियाँ विदेशमन्त्री वाङसँग काठमाडौँ–केरुङ रेलबारे छलफल हुने अपेक्षा गरिएको थियो । तर त्यसबारे छलफल भएको वा नभएको सार्वजनिक गरिएको छैन । केही समयअघि भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भने काठमाडौं–रक्सौल रेलबारे कुरा उठेको थियो । 

यसबारे छलफल राम्रै भएको विभागका महानिर्देशक बालाराम मिश्र बताउँछन् । उनका अनुसार काठमाडौँ–रक्सौल रेलबारे सहमति समेत भएको थियो । 

वाङ यीको नेपाल भ्रमणका अवसरमा काठमाडौं–केरुङ रेलमार्गका विषयमा छलफल हुने विश्वास गरिएको थियो तर रेल विभाग र सम्बन्धित मन्त्रालयलाई बोलाइएन । यो समाचार कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप