बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साविक विजेता सिटीलाई नर्विचको झट्का

आइतबार, २९ भदौ २०७६, ०८ : १५
आइतबार, २९ भदौ २०७६

साविक विजेता म्यानचेस्टर सिटीलाई इङ्लिस प्रिमिर लिग फुटबलमा नर्विच सिटीको नमिठो झट्का लागेको छ । शनिबार राति भएको खेलमा नर्विच सिटीले म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराएको हो । घरेलु मैदानमा नर्विचलाई जिताउन केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुकीले एक एक गोल गरे । सिटीका सर्जियो अग्युरो र रोड्रीगोले एक एक गोल गरे ।

१८औं मिनेटमा म्याकलिनले गोल गर्दै नर्विचलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा क्यान्टवेलले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि ४५औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गरे । ५०औं मिनेटमा पुकीले गोल गर्दै नर्विचलाई ३–१ को अवस्थामा पुर्याए । ८८औं मिनेटमा रोड्रिगोले गोल गरेपनि सिटीले हार टार्न सकेन । लिगमा सिटीको यो पहिलो हार हो । दोस्रो स्थानको सिटीले सिटीले पाँच खेलबाट १० अंक नाएको छ । पहिलो जित निकालेको नर्विचको ६ अंक छ । शीर्ष स्थानमा रहेको लिभरपुलको १५ अंक छ ।

शनिबार रातिनै भएको अन्य खेलमा टोट्टनहामले क्रिस्टल प्यालेसलाई ४–० गोलले पराजित गरेको छ । जितसँगै तेस्रो स्थानमा उक्लिएको टोट्टनहामको आठ अंक छ । सात अंक बनाएको क्रिस्टल ११औं स्थानमा छ । अर्को खेलमा चेल्सीले वल्भ्सलाई ५–२, म्यानचेस्टर युनाईटेडले लेस्टर सिटीलाई १–० र साउथह्यामटनले सेफिल्ड युनाईटेडलाई १–० गोलले हराएको छ । बर्नली र ब्राईटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । युनाइटेड, चेल्सी र लेस्टरको पनि आठ आठ अंक पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप