बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोबाइलमा व्यस्त थिए विद्यार्थी, कक्षाकोठाभित्र प्रधानाध्यापकले हथौडाले फुटाइदिए १६ वटा फोन

आइतबार, २९ भदौ २०७६, १२ : ०७
आइतबार, २९ भदौ २०७६

आजकाल मानिसहरुलाई मोबाइल र स्मार्टफोनको लत लागिसकेको छ । मानिसहरु सधैं आफ्नो मोबाइलमा व्यस्त देखिन्छन् । कर्नाटकको एक कलेजका प्रधानाध्यापक विद्यार्थीको यस्तो बानी देखेर यति रिसाए कि उनले कक्षाकोठामा नै विद्यार्थीको फोन जफत गरेर हथौडाले चक्नाचुर पारिदिएका छन् ।

भारतीय संचार माध्यमका अनुसार वास्तवमा कर्नाटकको एमईएस चेतन्य पीयू कलेजका प्रधानाध्यापकलाई कक्षाकोठामा लेक्चरका बेला पनि मोबाइल प्रयोग गरेको चित्त बुझिरहेको थिएन । उनले विद्यार्थीलाई थुप्रै पटक कक्षामा पढाई वा लेक्चरको क्रममा कसैले पनि मोबाइल प्रयोग गरेको भेटिए मोबाइल फुटाइने चेतावनी दिएका छन् ।

कलेजका विद्यार्थीले कक्षाकोठामा यस्तो नियमलाई वास्ता नै नगरी निर्धक्कले मोबाइल चलाइरहेको देखेर प्रधानाध्यापकलाई यति रिस उठ्यो कि उनले तुरुन्त हथौडा मगाए र विद्यार्थीहरुबाट मोबाइल खोसेर फुटाइदिए ।

प्रधानाध्यापकले यसरी मोबाइल फुटाएको भिडियो भाइरल भएपछि कलेजका अधिकारीले विद्यार्थीले लेक्चर दिइरहेका बेला पनि मोबाइल फोन चलाएर एक अर्कासँग च्याटिङ गरिरहेकाले यस्तो निर्णय लिनुपरेको स्पष्टिकरण दिएको छ ।

बुधबार कलेजका अधिकारीले १६ वटा मोबाइल फोन जफत गरेका थिए । त्यसपछि विद्यार्थीलाई कलेज हलमा जम्मा हुन भनियो । विद्यार्थी जम्मा भएपछि प्रधानाध्यापक त्यहाँ पुगे र उनले सबैको अगाडि मोबाइल फोन फुटाइदिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप