संविधान दिवस मनाउने नमनाउने बारेमा समाजवादी पार्टीले आज निर्णय गर्ने
काठमाडौँ । असोज ३ लाई संविधान दिवसको रुपमा मनाउने कि विरोध दिवसमा मनाउने त्यसको बारेमा छलफल गर्नका लागि आज समाजवादी पार्टीले बैठक बोलाएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा आज बस्ने पार्टीको पदाधिकारी बैठकले संविधान दिवसको बारेमा निर्णय लिने पार्टी प्रचार प्रसार विभागका उपप्रमुख विश्वदीप पाण्डेले बताए । तराई मधेशमा संविधान दिवसमा कालो दिवसका रुपमा मनाउने भनेर विभिन्न संघ संगठन र पार्टीले निर्णय गरिसकेको छ ।
गत वर्ष समाजवादी पार्टीले संविधान दिवसको विरोध पनि गरेको थिएन, न समर्थन गरेको थियो । त्यसले गर्दा पार्टीमा विवाद भएको थियो । यसपटक के गर्ने विषयमा पार्टीले नै निर्णय गरेर सर्कुलर पठाउने बताएको छ ।
साथ बैठकले पार्टीको बाँकी रहेका समायोजनको प्रकृयाका बारेमा पनि छलफल हुने बताइएको छ । नयाँ शक्ति नेपालसँग एकीकरण गरेपछि दुई दलबीच तल्लो तहसम्म समायोजन हुने कार्य चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै