
रेसुङ्गा मावि देशकै सर्वाेत्कृष्ट विद्यालयमध्ये दोश्रो बनेपछि...

बुटवल– गुल्मीको रेसुङ्गा माध्यामिक विद्यालय सामुदायिक माध्यामिक विद्यालयहरु मध्ये देशकै सर्वोत्कष्ट विद्यालयमध्ये दोश्रो स्थान नेपाल सरकारबाट घोषणा भएपछि आईतबार बाल दिवसको अवसरमा त्यस विद्यालयले भव्य रुपमा खुशीयाली मनाएको छ ।
देशभरका २९ हजार सामुदायिक माध्यामिक विद्यालयहरुमध्ये गत बर्षको एसईई परीक्षामा प्रदेश पाँच मै उत्कृष्ट नतिजा ल्याउन सफल रेसुङ्घा माध्यामिक विद्यालय त्यसैको आधारमा आधारमा देशभरकै सर्वोत्कृष्ट दोश्रो तहको पुरस्कारले सम्मानित भएको हो ।
४० औं शिक्षा दिवस तथा ५३ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भदौं २२ गतेका दिन काठमाडौंको प्रज्ञाभवनमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको हातबाट भक्तपुरुको मेघा सामुदायिक विद्यालयले सर्वाेत्कृष्ट प्रथम, रेसुङ्गा माध्यामिक विद्यालय द्धितीय र तरुण मावि काठमाडौं बालाजुले तृतिय स्थान हासिल गरेका थिए ।
जसमध्ये रेसुङ्गा माध्यामिक विद्यालले राष्टियध्वजा, राष्टिय शिल्ड, प्रमाणपत्र र २ लाख नगद पुरस्कार प्राप्त गरेको थियो । स्थापनाकालको ५० औं बर्षगाँठ मनाउने तयारीमा रहेको सो विद्यालयबाट गत बर्षको एसईई परीक्षामा ८० जना विद्यार्थी सहभागि भएका थिए । त्यसमध्ये एकजना विद्यार्थीले फोर जिपीए नतिजा ल्याई उर्तिण भएका थिए ।
२१ जनाले ए ग्रेटमा उत्तिर्ण भएका थिए भने अरु सवै बिप्लस ल्याएर उतिर्ण भएका थिए । जसका कारण रेसु मावि प्रदेश टप मात्रै भएन देशकै सर्वोत्कृष्ट दोश्रो स्थानमा पर्न सफल भयो । शैक्षिक गुणस्तरका लागि प्रधानध्यापक प्रेमनारायण भण्डारीको खटाईको परिणत हो भन्छन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम पन्थी । उनी भन्छन्, ‘हामी अभिभावकहरु आज भन्दा ५० बर्ष अघि भैलो खेलेर स्थापना गरेका थियौं, अहिले देशकै उत्कृष्ट माध्यामिक विद्यालय नेपाल सरकारबाट घोषणा भएकोमा खुशीको सिमा छैन ।’
प्रधानध्यापक भण्डारी यो खुशी सबैमा बाँड्न चाहेकोले बजार परिक्रमा गरि खुशीयाली मनाइएको बताउँछन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई संस्थगत विद्यालयभन्दा अझ राम्रो बनाउन हामी अथक प्रयासमा जुट्यौं हामी, प्रधानध्यापक भण्डारी भन्छन्, ‘यस अवसरमा म यस विद्यालयका सारा शिक्षक, कर्मचारी र अभिभावकहरुलाई धन्यवाद सहित बधाई दिन चाहन्छु ।’
उनी शिक्षक पेशागत संगठनका नेता हुन् । शिक्षकका नेताहरु भएको विद्यालयमा विद्यार्थीहरुको पठाई बिग्रिन्छ भन्ने आरोपलाई उनले लोप्पा खुवाई दिएका छन् । उनी लामो समयदेखि नेपाल शिक्षक संघ गुल्मीका अध्यक्ष र अहिले शिक्षक महासंघ प्रदेश ५ का पनि अध्यक्ष हुन् ।
उनले विद्यालयको वातवरण बोर्डिङ स्कुलभन्दा अझ राम्रो बनाएका छन् । विद्यालयको कामका लागि विद्यालयमै बास बस्ने भण्डारीले पहिलो प्रथामिकता विद्यार्थीहरुको अनुशासन र ब्यवहारिक शिक्षालाई दिँदै आएका छन् ।
घोकाईमा होइन अभ्यासमा आधारित सिकाईलाई उनले जोड दिँदै आएका छन् । कक्षा १२ सम्म अध्यान गराइने त्यस विद्यालयमा हाल कुल ९ सय ९१ जना विद्यार्थीहरुले अध्ययन गरिरहको र शिक्षक कर्मचारी ४१ जना रहेको प्रधानध्यापक भण्डारीले बताए । जुन विद्यालयमा कक्षा ११ र १२ मा प्राविधिकधारको शिविल इन्जिनियरिङ पढाई हुने गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- Sept. 16, 2019, 9:41 p.m. दिपक paandeyजय होश रेशुङा मा बि स्कुल को महिले क लेख्न सिकेको स्कुल पनि यही स्कुल हो आज भन्दा ३४ बर्स पहिले जुन समयमा तारा मेदम हुनुहुन्थ्यो उहाको पूरा नाम मलाइ आउदैन तर यति याद आउँछ उहाले मलाइ १ क्लास मा पधाउनुहुन्थियो तर महिले ४महिना सम्म झ लेखन नजानेर पछि बुद्ध माबी अर्खले मा भर्ना गरियो आज तेहि स्कुल देश कै दोस्रो स्थान हासिल गरेको मा खुसिको सिमा नै छैन जय होश यसरी नै हाम्रो देश्का सम्पुर्ण सामुदायिक स्कुल हरुले यस्तै सफलता हासिल गर्ने गरि विद्यार्थी हरु को उज्ज्वल भबिस्य को बाटो देखाइ दिनु होला र देस बाट निजि स्कुल हरुको जरै देखि निरुत्साहित गर्ने गरि पढाई को स्तर बधाउनु होला जय होश
- 0 Reply