शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकजना विदेशी साथीलाई नेपाल पठाउन मन्त्री भट्टराईको आह्वान

आइतबार, २९ भदौ २०७६, १९ : १५
आइतबार, २९ भदौ २०७६

काठमाडौं– सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन गैर आवासीय नेपाली संघमा आवद्ध सबै नागरिकलाई एकजना विदेशी साथीलाई नेपाल पठाउन आह्वान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन गैरआवासीय नेपाली संघमा आवद्ध सबै नागरिकलाई एकजना विदेशी साथीलाई नेपाल पठाउन आह्वान गरेका हुन् ।

उनले सो भ्रमण वर्षलाई सफल बनाउन पर्यटन दूतहरुलाई नियुक्त गरेर अघि बढने कार्य योजना पनि सार्वजनिक गरे । आईतबार सो भ्रमण वर्षलाई सफल बनाउन सरोकारवाला निकायहरुसँगको छलफलमा मन्त्री भट्टराईले सन् २०२० को जनवरीको पहिलो हप्ता सातैवटै प्रदेशबाट एक साथ सो भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी गरिएको पनि बताए । मन्त्री भट्टराईले सो भ्रमण वर्षलाई सफल बनाउन एक महिनाभित्र त्यसको वेबसाईट तयार गरी सञ्चालन गर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप