बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको आरटिजीएस प्रणाली सञ्चालनमा

आइतबार, २९ भदौ २०७६, १९ : २६
आइतबार, २९ भदौ २०७६

काठमाडौं– सिटिजन्स बैंकले भदौ २६ गते बिहीबारबाट रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सुविधा सञ्चालनमा ल्याएको छ । 

सिटिजन्स बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच भदौ २२ गते आइतबार आरटिजीएस प्रणाली सञ्चालन सम्बन्धि सम्झौता भएको थियो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बाहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

राष्ट्र बैंकले ‘क’ वर्गका बैंकहरुलाई भदौ २४ गते मंगलबारदेखि आरटीजीएस प्रणाली लागू गर्न निर्देशन दिएको थियो । यस लगत्तै बैंकले उक्त प्रणाली संचालनमा ल्याएको हो ।

यो प्रणाली संचालनमा ल्याउने पहिलो बाणिज्य बैंकको रूपमा सिटिजन्स बैंक रहेको छ । यससँगै अब बैंकका ग्राहकहरुले नियम अनुसार आरटिजीएस सुविधा उपभोग गर्न सक्नेछन् । बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप