थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क
नेपालको पहिलो भू–उपग्रह (स्याटेलाइट) ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग सम्पर्क गर्न थालेको छ। स्याट–१ ले पठाएको सूचना, तथ्यांक र अन्य विवरण स्टेसनले नियमित रेकर्ड गर्न थालेको हो।
स्याटेलाइटमा जडान भएको ब्याट्रीको अवस्था, पृथ्वीलाई फन्को लगाउन लाग्ने समयावधि, पृथ्वीसँगको दूरी, सो उपकरण रहने स्थान आसपासको तापक्रमजस्ता सूचना ग्राउन्ड स्टेसनले प्राप्त गरिरहेको छ।
ग्राउन्ड स्टेसन ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा स्थापना गरिएको छ।स्याट–१ ले डेढ घण्टामा पृथ्वीलाई एक फन्को लगाउने गरेको र एक दिनमा १६ पटक पृथ्वीलाई चक्कर लगाइरहेको विवरण स्टेसनलाई प्राप्त भइरहेको नास्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले बताए ।
‘गत बिहीबारयता उसको गतिविधि नियमितरूपमा नियालिरहेका छौं, एक सेकेन्डमा सात किलोमिटरको गतिमा स्याटेलाइट घुमिरहेको पाइएको छ’, उहाँले नेपाल समाचारपत्रसँग भने– ‘अहिलेसम्म कुनै प्राविधिक गडबडी देखिएको छैन।’ यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल
-
पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली