शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिस्लिङमा प्रहरी पोष्ट स्थापना

सोमबार, ३० भदौ २०७६, ०६ : ५३
सोमबार, ३० भदौ २०७६

चितवन । चितवनको  इच्छाकामना  गाउँपालिका–३ फिस्लिङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बीच प्रदेश ३ का प्रदेशसभा सदस्य घनश्याम दाहालले उद्घाटन गर्दै नागरिक र प्रहरीबीच समधुर सम्बन्ध  भए मात्र सुशासन कायम हुने बताए । 

उनले फिस्लिङ तीन जिल्लाको  सङ्गमस्थल व्यस्त बजार भएकाले यसलाई स्थायी प्रहरी चौकीका रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । 

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले मुलुकको समृद्धिका लागि शान्ति सुरक्षा आवश्यक रहेको र लामो समयको प्रयासपछि अस्थायी भए पनि प्रहरी पोष्ट स्थापना गर्न सफल भएको बताइन् । 

प्रहरी उपरीक्षक दानबहादुर मल्लले अन्तै बस्न लागेको प्रहरी जनशक्ति यहाँ बढी आवश्यक भएर उपलब्ध गराइएको बताए । 

उपरीक्षक मल्लले यहाँ भीडभाड र दुर्घटना बढी हुने गर्दा इलाका प्रहरी कार्यालय मुग्लिनबाट नागरिकलाई सेवा दिन कठिनाइ भइरहेको र स्थानीय मागबमोजिम नै  प्रहरी पोष्ट स्थापना  गरिएको उल्लेख गरे । 
  
अहिले स्थानीय सगरमाथा युवा क्लबको भवनमा अस्थायी प्रहरी पोष्ट सञ्चालन गरिएको  छ । यस प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा  पाँच जना प्रहरीले आइतबारदेखि नै सेवा शुरु गरेका छन् । 

प्रहरी पोष्ट स्थापना भएपछि स्थानीय खुशी भएका छन् । सगरमाथा क्लब फिस्लिङका प्रतिनिधि कमल ठकुरीले लामो समयको प्रयासपछि यहाँका स्थानीयको माग पूरा भएको भन्दै खुशी व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप