चाहिनेभन्दा बढी प्रशंक हुनु पनि टाउको दुखाइः तापसी पन्नू
फिल्मकर्मी अनुराग कश्यपको आधुनिक जीवनशैलीमा आधारित फिल्म ‘मनमर्जिया’ शनिवार रिलीज भएको छ । फिल्ममा मुख्य भूमिकामा विक्की कौशल, तापसी पन्नू र अभिषेक बच्चन रहेका छन् । जसमा तापसीले रुमीको भूमिका निभाएकी छिन् ।
तापसी पान्नूले फिल्मको प्रमोशनकै सिलसिलामा आफूलाई प्रशसंकको कारण तनाव भएको बताएकी छिन् । फिल्म शुटिङको क्रममा दिल्लीमा रहेकी तापसीले प्रशसंकको भीडको कारण किनमेल गर्न समेत नसकेको बताएकी छिन् ।
उनले भनिन्, ‘म दिल्लीमा जन्मिएकी हुँ र यही हुर्किएकी हुँ । दिल्ली मेरो सपिङको लागि अड्डा नै हो । तर अब दिल्लीको सडकमा हिँडेर शपिङ गर्नु मुश्किल भएको छ । मलाई मात्र होइन जोसँग म जान्छु उसलाई पनि निकै तनाव हुनेगर्छ ।’
उनले धेरै प्रशसंकले मन पराउँछन् भन्नेमा खुशी त लाग्छ । तर कहिले काँही परिस्थिती यति मुश्किल भइदिन्छ कि उनलाई पर्याप्त ठाउँ पनि हुँदैन । त्यसैले उनले प्रशंसकलाई हुँदैनको मतलब हुँदैन भन्ने स्वीकार्न समेत आग्रह गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई