बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘पारस : द अनलक्की म्यान’ बन्दै निश्चल

सोमबार, ३० भदौ २०७६, १२ : ५६
सोमबार, ३० भदौ २०७६

काठमाडौं – आधा दर्जन बढी फिल्म निर्माण गरेका निर्माता माधव वाग्लेले निर्देशन गर्न लागेको फिल्मको नाम फाइनल भएको छ । निर्माता वाग्लेले आफूले निर्देशन गर्न लागेको फिल्मको नाम ‘पारस : द अनलक्की म्यान’ राखिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

मंसिरबाट छायाँकनका लागि फ्लोरमा निस्किने फिल्ममा मुख्य हिरोको रुपमा निर्देशक निश्चल बस्नेत देखिनेछन् । बस्नेत वाग्ले निर्माता रहेको ‘लुट’ सिरिज फिल्मका निर्देशक हुन् । फिल्मका लागि अभिनेता सन्दीप क्षेत्री पनि फाइनल भएको बताइएको छ ।

छायाँकन सुरु नहुँदै आगामी चैत्र २८ गते रिलिज मिति घोषणा गरिएको यो फिल्मबाट समीक्षा पोखरेल अभिनेत्रीका रुपमा देखिँदै छिन् । अन्य कलाकार घोषणामा सार्वजनिक गर्ने योजना वाग्लेको रहेको छ । 

फिल्म अहिले लेखन कार्यको अन्तिम चरणमा छ । वाग्लेले नेपाली दर्शकका लागि राम्रो फिल्म दिन निर्देशनमा होमिन लागेको बताए ।

फिल्म आफूलाई अभागी सम्झने एक व्यक्तिको जीवन संघर्षमा आधारित रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप