शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतको आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटना, ३९ बेपत्ता

सोमबार, ३० भदौ २०७६, १३ : ५४
सोमबार, ३० भदौ २०७६

एजेन्सी– भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउँसो भएको डुङ्गा दुर्घटनामा परी ३९ जना व्यक्ति वेपत्ता भएका छन् ।  यहाँको गोदावरी नदीमा यात्रा गरिरहेका यात्रुको डुङ्गा दुर्घटनामा परेको थियो । त्यस दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

यस डुङ्गामा ७३ यात्रु रहेका र यसमा २६ जनालाई सकुशल उद्धार गरिएको स्थानीय प्रहरी अधिकारी आद्नान आज्मीले बताएका छन् ।  करिब ३ सय व्यक्तिहरुले डुङ्गा तथा हेलिकोप्टरको समेत प्रयोग गरी हराइरेहका व्यक्तिहरुको खोजी कार्यलाई जारी राखेका बताइएको छ । खोजी अभियानमा भारतीय नौसेना र राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) पनि संलग्न रहेका जनाइएको छ । 

आन्ध्र प्रदेशका मुख्यमन्त्री जोगान मोहन रेड्डीले डुङ्गा दुर्घटनामा केही पर्यटकको मृत्यु भएको र केही व्यक्ति बेपत्ता भएको पुष्टि गर्दै मृतकका परिवारलाई राहतस्वरूप दश लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनाप्रति गहिरो दुख व्यक्त गरेका छन् । राज्य सरकारको तर्फबाट जारी विज्ञप्तिमा रेड्डीले राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) सामुद्रिक सैन्य बल तथा ओएनजीसी हेलिकोप्टरलाई उद्धारका लागि तत्काल घटनास्थल जान निर्देशन दिएका छन् । 

उनले घटनास्थल नजिकमा रहेका मन्त्रीहरूलाई उद्धार कार्यको अनुगमन गर्न निर्देशन दिएका छन् । सरकारले जिल्लास्थित सबै डुङ्गा सेवालाई रोकी लाइसेन्स परीक्षण गर्न पनि निर्देशन गरेको छ ।   –एएफपी/photo:oneindia.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप