शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौंमा ‘पाकिस्तान र नेपाल मैंत्री व्यापार मेला’ सुरु

सोमबार, ३० भदौ २०७६, १७ : २१
सोमबार, ३० भदौ २०७६

काठमाडौं– काठमाडौंमा ‘पाकिस्तान र नेपाल मैंत्री व्यापार मेला’ सुरु भएको छ । 

दुई मुलुकबीचको व्यापार विस्तारमा जोड दिने उद्देश्यका सोमबारबाट काठमाडौंको त्रिपुरेश्वरस्थित युनाईटेड वल्र्ड ट्रेड सेन्टरमा सो मेला सूरु भएको हो । 

७ दिनसम्म चल्ने मेलाको उद्घाटन गर्दै नेपालका लागि पाकिस्तानका राजदुत मजहर जाभेदले दुई मुलुकबीचको सम्बन्धलाई अझै विस्तार बनाउन मेला उपयोगी हुने विश्वास व्यक्त गरे ।

ललितपुर उद्योग वाणिज्य संघको संयोजनमा आयोजना गरिएको सो मेलामा पाकिस्तानका छालाका सामग्रीहरु मुख्य आकर्षणका रुपमा रहेका छन । 

त्यसैगरी मेलामा पाकिस्तानी सारी, कुर्ता, जुत्ता, चप्पल पनि राखिएका छन । नेपालका हस्तकलाका सामग्रीहरु पनि मेलामा राखिएको छ । 

दुवै मुलुकका उत्पादनहरुकोे बजारीकरण गर्न पनि मेला आयोजना गरिएको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल मर्हजनले बताए ।

नेपालस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दुतावासको सहकार्यमा आयोजना गरिएको सो मेलाले दुई मुलुकबीचको व्यापार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप