शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रिकेटको निलम्बन फुकुवा हुने

सोमबार, ३० भदौ २०७६, १८ : ५३
सोमबार, ३० भदौ २०७६

काठमाडौं –तीन वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले निलम्बन गर्दै आएको नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुकुवा छिट्टै हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी अक्टोबर १२ र १३ मा बस्ने आईसीसी बैठकले क्यान माथिको निलम्बन फुकुवा गर्ने बताए ।

आईसीसीका बोर्ड सदस्य इमरान ख्वाजा र अमर शेखसहितको प्रतिनिधि मन्डलसँग काठमाडौंमा सदस्य सविच सहित सोमबार बसेको बैठकले क्यानको निर्वाचन असोज १० र ११ गते गर्ने र त्यसपछि आईसीसीले क्यानको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको छ ।

सदस्यसचिव सिलवालले निलम्बन फुकुवा गर्नेमा आईसीसी सकारात्मक रहेको दाबी गरेका हुन् । ‘मेरो ब्यक्तिगत अनुरोधमा आईसीसीका बोर्ड सदस्य इमरान र अमर शेख नेपाल आएका हुन् । आजको वान टु वान वार्तपछि हामीले मुख्यगरी चार विषयमा सहमति गरेका छौं । मलाई आशा छ नेपाली क्रिकेटले अब नयाँ फड्को मार्नेछ,’ सिलवालले भने ।

सिलवालले निर्वाचनको मिति घोषणासँगै निर्वाचन स्वतन्त्र र निश्पक्ष हुने, प्रतिबन्ध फुकुवा र आईसीसीबाट नेपाली क्रिकेटको विकासमा अधिकतम सहयोगका विषयमा छलफल र सहमति भएको पनि बताए ।

निर्वाचनलाई स्वतन्त्र, पारदर्शी र निष्पक्ष रुपमा सम्पन्न गर्न राखेप र आईसीसी दुवैले प्रतिबद्धता जनाएको पनि सदस्य सचिव सिलवालले बताए । 

क्यानको निर्वाचन यसअघि असोज ३ र ४ गते गर्ने तय भए भएको थियो । तर, सदस्य सचिव सिलवालको निर्देशनका क्यान निर्वाचन अन्योलमा परेको थियो । निर्वाचनको बाटो खुलाउन राखेप, आईसीसी र स्वतन्त्र कमिटीको छलफलपछि नेपाली क्रिकेटले सही दिशा समात्न लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप