शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान दिवसको दिन 'ब्ल्याक आउट' गर्ने

सोमबार, ३० भदौ २०७६, १९ : २२
सोमबार, ३० भदौ २०७६

काठमाडौं – सविधान दिवसको दिन राष्ट्रिय जनता पार्टी, (राजपा) नेपाल र लोक दलले ‘ब्ल्याक आउट’ गर्ने निर्णय गरेको छ । २०७२ असोज ३ गते मधेशी जनतालाई दमन गरेर संविधान जारी गरेको र त्यो सविधानलाई अझै संशोधन नगरेको भन्दै त्यस दिनको सम्झनामा विरोध दिवस मनाउनुको साथै साँझामा ब्ल्याक आउट (बत्ति निभाउने) गर्ने निर्णय भएको राजपा नेपालका सहमहामन्त्री संजय यादवले बताए । 

असोज ३ गते दिउँसो २ बजेदेखि प्रत्येक जिल्लामा विरोध जुलुस प्रदर्शन गर्नुको साथै साँझ ७ बजेदेखि ७ः१५ वजेसम्म ब्ल्याक आउट गर्ने निर्णय भएको उनले जानकारी दिए । पार्टीले त्यसका लागि नेताहरुको जिम्मवारी बाँडफाँड गरेको छ । २७ जिल्लाका लागि ४२ जनालाई खटाइएको छ । 

त्यस्तै, लोक दलका अध्यक्ष कौशल कुमार सिंहले पनि विभिन्न जिल्लामा विरोधका कार्यक्रम आयोजना गर्नुको साथै ७ः१५ वजे ब्ल्याक आउट गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले मधेशी, आदिवासी जनजाति पिछडा वर्गका लागि असोज ३ सबभन्दा कहाली लाग्दो दिन हो त्यसैले यसलाई विरोध गर्नुपर्ने बताए । त्यसैगरी डा.बाबुराम भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीले असोज ३ गते हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।

न दिवसमा सहभागी हुने, न विरोधका कार्यक्रम गर्ने निर्णय गरेको सो पार्टीका प्रचार प्रसार विभागका प्रमुख प्रशान्त सिंहले जानकारी दिए । त्यो दिन समाजवादी पार्टीले सात वटै प्रदेशको राजधानीमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप