शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषा जिल्ला खुल्ला दिशामुक्त घोषणा

सोमबार, ३० भदौ २०७६, १९ : ५९
सोमबार, ३० भदौ २०७६

जनकपुर –  धनुषा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । आइतबार प्रदेश नम्बर २ को अस्थायी राजधानी समेत रहेको धनुषा जिल्लालाई सरोकारबाला निकायको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतके खुल्ला दिशामुक्त घोषणा गरेको हुन् ।

तर औपचारिकताका लागि घोषणा गरिएको खुल्लादिसा मुक्त क्षेत्रले स्थानियवासी भने खुसी छैनन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० बस्ने किसन मण्डलले आवश्यक प्रकृया नै पुरा नगरी खुल्ला दिशामुक्त घोषणा गर्दा कागजमै रहने टिप्पणी गरे ।

जिल्लाको एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरी १८ वटै स्थानीय तहमा गुरुयोजना अन्तर्गत जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।  तर, जिल्लामा १ लख ४० हजार घरधुरी मध्ये करिब ४० प्रतिशत घरका मानिस अझै शौचालयको पहुँचबाट टाढा रहेका छन् । 

त्यस्तै धनुषा जिल्लाका सदरमुकाम जनकपुर उपमहानगपालिका १६ बस्ने एक दलित समुदायका महिलाले खुल्ला दिशामुक्त अभियान चलिरहँदा नै आफुहरुलाइ शौचालय बनाउन भनिएको थियो तर जग्गा अभावमा आफुहरुले नबनाएको स्विकार्दा खुल्ला दिशामुक्त कार्यक्रम कागजमै सिमित रहेको प्रष्ट हुन्छ । 

त्यस्तै जनकपुर उपमहानगरपालिका ४ बस्ने गौतम ढुङेलले खुल्ला दिशामुक्त कार्यक्रम बजेट सकाउने खेल मात्र रहेको बताउँछन् । ढुङेलले यस्ता कार्यक्रम गरि जन्तालाइ झुक्याउने कार्य मात्र भइरहेको आरोप समेत लगाए ।

उनले कुनै अवलोकन नै नगरि यस्ता कर्यक्रमको कुनै औचित्य नरहेको आरोप समेत लगाए । त्यस्तै खानेपानी स्वच्छता समन्वय समिती धनुषाका सदस्य सचिव चन्देश्वर प्रसाद साहले धनुषा जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुँदा नेपाल सरकारले लिएको दिगो बिकासको लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए । 

साथै दक्षिण एसियाकै पहिलो मुलुकको रुपमा ओडिएफ घोषणा हुँदा यसले (पूर्ण सरसफाई) पोष्ट ओडिएफको दिशामा अघि बढ्ने बताए । धनुषामा एक आध बाहेक सम्पुर्ण घरमा शौचालय बनिसकेर प्रयोग गरिरहेको जिल्ला खानेपानी समन्वयन समितिको तथ्याङकले देखाउँछ तर अबस्था भने ठिक त्यसको विपरीत देखिन्छ ।

जिल्ला खानेपानी समन्वय समितिले  बाँकी जग्गा अभाव, चरम गरिबी जस्ता समस्याबाट ग्रसित समूदाय तथा परिवारका लागि पोष्ट ओडिएफमा उनीहरुलाई समेत सार्वजनिक शौचालयको माध्यमबाट शौचालयसम्म पहुँच पुर्याइने लक्ष्य राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप