बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर एक जनाको बारामा मृत्यु

सोमबार, ३० भदौ २०७६, २१ : १९
सोमबार, ३० भदौ २०७६

रौतहट – रौतहटको सिमाना संगै जोडिएको बारा जिल्लामा चट्याङ लागेर एक जनाको  मृत्यु भएको  छ भने एक जना घाइते भएका छन् । चट्यांग लागेर मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ बस्ने बर्ष ४० का प्रभु साह तेली रहेको प्रहरी प्रवक्ता डिएसपी रंजित सिह राठौरले जानकारी दिए ।

 सोमवार बेलुका आफनै  उखुबारीमा पंम्पीसेटबाट पानी पटाउन गएको बेला चट्याङ लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।   त्यसैगरी चटयाङ लागेर आर्दश कोतवाल गाँउपालिका वडा नमबर ४ कोइलीडिलका बिजय यादव घाइते भएको प्रहरी प्रवक्ता राठौरले जानकारी दिए । 

मृतक साहको शव परिक्षणका लागि जिल्ला अस्पताल कलैयामा ल्याएको र घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ  । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप